काठमाडौं: खिजीदेम्बा गाउँपालिका वडा नंः–५ चुप्लुभञ्ज्याङमा गुम्बा निर्माण अभियानमा एक लाख रुपैयाँ बन्दा बढी नगद सहयोग गरेका हुन् । खिजिदेम्बा–५ चुप्लुभन्ज्याङका गुरुनिमा शेर्पाले एक लाख पसप्नना रुपैया नगद सहयोग गरेको कोषाध्यक्ष रिन्जी शेर्पाले जानकारी दिए । सहयोगी शेर्पा काठमाडौं नयाँ पाटी वस्दै आएका छन् भने शेर्पा यस गुम्बाका सचिव समेत हुन ।
शेर्पाले विभिन्न संघसंस्था लाई सहयोग गर्दै आएको छन् गुम्बा पुनः निर्माण समितिले ३ लाख रुपैयाँ भन्दा माथि सहयोग गर्नेलाई संरक्षक सदस्यको प्रमाण–पत्र सहित नाम, ठेगाना सहित गुम्बाभित्र तस्वीर सजाइने योजना छ । त्यस्तै, एक लाख भन्दा माथिको सहयोग गर्ने आजिबन सदस्य दिई नाम, ठेगाना सहितको तस्वीर गुम्बामा राखिने गुम्बा निर्माण समितिका अध्यक्ष सोनाम टाशि शेर्पाले जानकारी दिए । त्यसैगरी, पचास हजार भन्दा माथिको सहयोग गर्नेहरुको नाम ताम्रापत्रमा लेखिनेछ ।
र, दश हजार भन्दा माथि सहयोग गर्नेहरुको नाम शिलालेखमा लेखिने जनाइएको छ । हालसम्म गुम्बा पुनः निर्माणका लागि विभिन्न व्यक्तिबाट पैतालिस् लाख बढी सहयोग संकलन भइसकेको छ । २०७२ सालको भूकम्पबाट ध्वस्त भएको गुम्बाको भित्रको सामाग्रीको संरक्षण र पुनः निर्माण, पुनः स्थापनाका लागि कुनैपनि निकायले चासो नदेखाएपछि स्थानीयले आर्थिक सहयोग अभियान सञ्चालन गरेका हुन् ।
तत्कालै गुम्बा निर्माण कार्य अघि बढाउने जनाइएको छ ।
दावा जाङबु शेर्पा