• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगाः मतदाता नामावलीमा दोहोरो नाम परेका तथा अद्यावधिक गर्नुपर्ने नागरिकको नामावली सच्याईएको छ । जिल्ला निर्वाचन कार्यालयले अभियान अन्तरगत एकसाता चलाएको अद्यावधिक कार्यक्रमबाट १ हजार बढी नागरिकको नामावली अध्यवधिक गरिएको छ ।

जिल्ला निर्वाचन अधिकारी प्रेम प्रसाद न्यौपानेका अनुसार अद्यावधिक कार्यक्रमबाट १ हजार ६ सय बढी मतदाताको बिवरण नामावलीमा हटाईएको हो । नामावलीमा दोहोरो नाम भएका तथा मृत्यु भएका नागरिकको बिवरण नामावलीबाट हटाईएको उनको भनाई छ । यसअघी निर्वाचन कार्यालयले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा जिल्लामा दोहोरो मतदाता नामावली भएका ब्यक्तीहरु उल्लेख्य रहेको गुनासो आएको थियो ।

सोही गुनासोका आधारमा निर्वाचन कार्यालयले कडाईका साथ मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गरेको हो । जस अन्तरगत दोहोरो नाम भएका ५ सय ७५ र मृत्यु भएका १ हजार ४६ जनाको मतदाता नामावलीबाट नाम हटाईएको छ ।

संघ र प्रदेशसभा निर्वाचन लक्षित सञ्चालन गरिएको मतदाता नामावली संकलन अभियानमा थप भएका सहित जिल्लामा कुल १ लाख १९ हजार ९ सय ९७ जना मतदाता रहेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!