• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगाः सिद्धिचरण नगरपालिकाका महिला लक्षित निशुल्क पाठेघरको मुखको क्यान्सर परिक्षण तथा उपचार शिबिरसञ्चालन हुने भएको छ । नगरपालिकाको आयोजनामा आगमी भदौ २८ र २९ गते ओखलढुगा सामुदायीक अस्पतालमा शिबिर सञ्चालन हुने भएको हो ।

शिबिरमा २५ देखी ४९ बर्ष उमेर समुहका बिवाहित महिलाहरुले सहभागीता जनाउन पाउने नगरपालिकाको कार्यालयले जनाएको छ । स्त्री रोग बिशेषज्ञ चिकित्सकहरुद्धवारा महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सरको परिक्षण तथा उपचार गरिने बताईएको छ ।

शिबिर बिहान ९ बजेदेखी अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ ।

पाठेघरको मुखको क्यान्सर  कसरी थाहा पाउने

यदि शारीरिक सम्बन्ध र रजनोवृत्तिपछि पनि धेरै रक्तश्राव भयो, प्रजनन अंगमा दुखाई महसुष भयो भने यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ ।  अक्सर महिलाले सेतो पानी बग्नु अर्थात वाइट डिस्चार्ज जस्ता समस्यालाई आम समस्या मानेर नजरअन्दाज गर्छन्, जो पछि गएर निकै खतरनाक सावित हुनसक्छ । यस्तो समस्यालाई नजरअन्दाज गर्नुहुँदैन किनभने यो पाठेघरको मुखको क्यान्सरको लक्षण पनि हुनसक्छ ।

मासिक धर्ममा सामान्यत महिलाको कोखमा दुखाई अनुभव हुँदैन । तर, अचानक हल्का वा तिब्र दुखाई महसुष हुन थालेमा त्यो पाठेघरको मुखको क्यान्सरको लक्षण हुनसक्छ । यद्यपि यी लक्षणहरु अन्य अवस्थामा पनि देखिन सक्छ, क्यन्सर नै हो भन्ने हुन्न । त्यसैले यसमध्ये कुनै समस्या भएमा चिकित्सकको परामर्श लिन आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!