• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगाः खिजीदेम्बा गाउँपालिकाले वडातहबाटै सामाजिक सुरक्षाभात्ता बितरण सुरु गरेको छ । लक्षित बर्गका लागी नेपाल सरकारले बितरण गर्दै आएको सामाजिक सुरक्षबात्ता वडा तहबाटै बितरण थालेको हो ।

मेघा बैंक र सुरक्षा निकायसंगको सहकार्यमा गाउँपालिकाको वडा नम्बर ६ बाट बितरण थालको जनाएको छ । गाउँपालिका अध्यक्ष गोम्बु शेर्पाका अनुसार मंगलबार वडा नम्बर ९ का जेष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्ती ,दलित बालबालिका तथा एकल महिलालाई बितरण गरिएको छ ।

अशक्त र जेष्ठ नगरिकलाई बैंकसम्म पुग्नुपर्ने बाध्यताको अत्य गर्न गाउँतहबाटै सामाजिक सुरक्षाभात्ता बितरण गरिएको अध्यक्ष शेर्पाको भनाई छ । वडातहबाटै सामाजिक सुरक्षाभात्ता बितरण थालेपछि उक्त क्षेत्रका नागरिकहरु खुशी भएका छन् ।

उनीहरुले बैंकमा घन्टौ लाईनमा बसेर लिनुपर्ने सामाजिक सुरक्षाभत्ता वडाबाटै पाईएको भन्दै धन्यवाद ब्यक्त गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!