• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगाः बिद्यालय उमेर समुहका छात्रा लक्षित स्वास्थ्य शिक्षा प्रदान गरिएको छ । बुधबार सिद्धिचरण नगरपालिका ११ स्थित सगरमाथा जनता माध्यमिक बिद्यालयका कक्षा ८ देखी १२ सम्मका छात्रा लक्षित स्वास्थ्य शिक्षा सम्बन्धी अन्तरक्रिया गरिएको हो ।

नेपाल एपीएफ अस्पताल बलम्बु काठमाडौँका डाक्टर सौजन्या कर्माचार्यसंग छात्रा बिद्यार्थीहरुले अन्तरक्रिया गरेका हुन् । बिद्यार्थी र डाक्टर बिचको अन्तरक्रिय कार्यक्रममा महिलाहरुमा उमेर बढेसंगै आउने परिवार्तन,नियमित महिनावारी,यसको असर र फाईदाका बिषयमा छलफल गरिएको थियो ।

कार्यक्रममा लाईन्स क्लव अफ काठमाण्डौले बिद्यालयमा स्यानिटरी प्याड समेत उपलव्ध गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!