• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: सुनकोशी गाउँपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अनाधिकृत संरचना हटाउन आग्रह गरेको छ । गाउँपालिकाको भदौ २८ गते बसेको गाउँ कार्यपालिका बैठकको निर्णय बमोजिक पालिकाभित्र रहेका अबैध तथा अनाधिकृत संरचना हटाउन ३५ दिने सुचना जारी गरेको हो ।

सार्वजनिक जग्गा मिचेर बनेका संरचनाले पालिकाभित्रका हटबजार तथा सडक स्तरउन्नतीमा समस्या भएको भन्दै एक सार्वजनिक सुचना जारी गरेर ३५ दिनभित्र त्यस्ता संरचना हटाउन भनिएको छ । सार्वजनिक स्थल मिचेर संरचना खडा गरेर बसेका ब्यक्ती,संस्था तथा निकायलाई तत्काल संरचना हटाउन सुचना जारी गरिएको छ ।

प्रमुख प्रशासकिय अधिकृत राम कुमार कार्कीद्धवारा जारी सुचनाको बोधार्थ जिल्ल्ला प्रशासन कार्यालय,प्रहरी चौकी र वडाहरुलाई समेत पठाईएको छ। यदी ३५ दिने सुचनालाई अटेर गरेर संरचना नहटाएको पाईए पालिका स्वयमले त्यस्ता संरचना भत्काउने चेतावनी समेत दिईएको छ ।

यसअघी काठमाण्डौ महानगरपालिकाले पालिकाभित्र सार्वजनिक जग्गा मिचेर बनेका संरचनामा डोजर चलाएको छ । महानगर प्रमुख बालेन्द्र शाहाको कार्यशैलीलाई पछ्याउदै सुनकोशी गाउँपालिका अध्यक्ष कमल तामाङले पनि आफ्नो पालिकाको अवैध संरचना भत्काउने र सार्वजनिक सडक तथा हटबजारलाई ब्यवस्थीत गर्ने निती लिएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!