• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा: चिशंखुगढी गाउँपालिका अध्यक्ष निशान्त शर्माले पिछडीएको महिलाको क्षमता बिकश गर्न शी लिडस परियोजनाले महत्वपुर्ण भुमिका खेलेको बताएका छन् । बिहिबार दलित महिला केन्द्र नेपालले पालिका केन्द्रमा अयोजना गरको शि लिडस परियोजना कार्याक्रमको मोडयूल १ को तालीम उत्घाटनका क्रममा यस्तो बताएका हुन् ।

उनले महिला सशक्तीकरण , समाबेशीता र महिला सहभागीताको सवालमा संबिधानमा ब्याबस्था भए बमोजीम आफुले पूर्ण रुपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । स्वीस सरकार बिकास सहयोग एसडीसीको आर्थिक , आई एफ ई एसको प्राबिधिक सहयोगमा कार्यक्रम सञ्चालन भएको हो ।

हाल दलित महिला केन्द्र नेपाल सिडिडब्लुएन संस्थाले प्रदेश नम्बर १ का बिभिन्न ५ जिल्ला सूनसरी, मोरङ, झापा , खोटाङ र ओखलढूङगामा यो कार्यक्रम सञ्चालन गरिहेको छ ।  कार्यक्रम यी जिल्लाका बिभिन्न ३९ वटा स्थानीय तहमा सञ्चालनमा रहेको अनुगमण मुल्याकंन अधिकृत बुना बिकले बताईन् । ओखलढूङगा जिल्लाको मानेभङज्याङ गाउँपालिका , सिद्धिचरण नगपालिका, मोलूङ गाउँपालिका सूनकोसी गाउँपालिका , चिसंखूगढी गाउँपालिका ,र चम्पादेवी गाउँपालिकामा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।

बिहिबार चिसंखूगढी गाउँपालिकामा भएको कार्यक्रममा सहभागीत महिलाहरुलाई देबेन्द्र कूमार राइ र मैया राईले प्रशिक्षण दिएका थिए । सहभागीहरुलाई महिलाहरुलाई नेतृत्व, आत्मा बिश्वासको अभिबृद्धि ,स्थानीय शासन र स्थानीय तहमा निर्वाचित पदाधिकारीहरुको भूमीका , राजनितिक तथा निर्णय प्रकृयामा महिला सहभागिता, नियमन , लैङिगकता र लैङिगक समानता लयागतका बिषयमा प्रशिक्षण दिइएको थियो ।

पालिका अध्यक्ष निशान्त शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिका उप प्रमूख सन्तोष बाबु थापा , प्रमूख प्रशाशकीय अधिकृत लोकमणी खनाल लगायतका बिभिन्न ब्यक्तीहरुको सहभागीता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!