ओखलढुंगा: सिद्धिचरण नगरपालिका १२ स्थित सितलपुरको उर्बे खोला हुदै भडारेसम्म सिंचाई कुलो निमार्ण हुने भएको छ । आम उपभोक्ताको सहजताका लागी साना सिंचाई कार्यक्रम अन्तरगत उर्बेखोला,गोगुने,भडारे सिंचाई कुलो निमार्ण हुने भएको हो ।
जनश्रमदान सहित करिब ८८ लाख रुपौयाको लागतमा कुलो निमार्ण हुने लागेको वडा अध्यक्ष उमंग श्रेष्ठले बताए । योजना सञ्चालनका लागी बिहिबार सार्वजनिक सुनुवाई गरेर जल उपभोक्ता समिती समेत गठन गरिएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
अब योजना अन्तरगत कुलो निमार्णको काम केही दिनभित्रै सुरु हुने समितीले जनाएको छ ।