ओखलढुंगा । नेपालमा बर्षेनी तिहारको समयमा छिमेकी देश भारतबाट करौँडाको फुल र फुलमाला आयात हुने गरेको छ । पछिल्लो समय नेपालमा फुल खेतीलाई प्राथमिकता नदिईँदा फुलका लागि पनि परर्निभर भईरहनु परेको छ । तर ओखलढुंगाको लिखु गाउँपालिका २ का एक किसानले भने फुल खेती गरेर पनि बजार नपाउँदा चिन्तित बनेका छन ।
गाउँघरमै फुलको कमी नहोस भनेर स्थानीय स्तरमै खपत गराउन उत्पादन गरिएको फुलले बजार नपाएपछि चन्द्रबहादुर तामाङ चिन्तित बनेका हुन । काठमाण्डौ लगायतका जिल्लामा ५ सय रुपैँया सम्म विक्री हुने सयपत्री फुलले गाउँमा प्रति केजी २ सय रुपैँया पनि भाउ नपाएको उनको गुनासो छ ।
उनले १२ रोपनी क्षेत्रफको जमिन मध्ये झन्डै ७ रोपनीमा फुल खेती गरेका छन । यो सायदै पहिलो पटक र जिल्लाकै सबैभन्दा बढी क्षेत्रफलमा गरिएको फुल खेती हो । हाल उनको फुलबारीमा ७ सय किलो भन्दा बढी फुल फुलिसकेका छन भने अझै फुल्ने क्रममा छन ।
कतै फुल नपाएर बनावटी फुलको प्रयोग गरिरहनु परेको यो अवस्थामा उत्पादन भएका फुलले पनि बजार नपाउनु दुखद भएको उनको भनाई छ ।
भिडियो हेर्नको लागि यो लिंकमा क्लिक गर्नुहोस ।