• २०८१, ५ मंसिर बुधबार
0 COMMENTS

ओखलढुंगा । आगामी मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि ओखलढुंगामा निर्वाचन प्रयोजनका सामग्रीहरु आउने क्रम जारी छ । यसैबिच आज (सोमबार) बिहान झन्डै ३४ प्रकारका सामग्री जिल्ला भित्रिएको छ ।

निर्वाचन प्रयोजनका लागि चाहिने ८४ मध्ये ३४ प्रकारका सामग्री आज जिल्ला आईपुगेको जिल्ला निर्वाचन अधिकारी प्रेमप्रसाद न्यौपानेले जानकारी दिए । उनका अनुशार छेकाबारा, रबर म्याट, सुरक्षण सिल, स्वस्तिक छाप, स्टाम प्याड, मार्कर पेन, स्केल मेटल, ग्लु स्टिक, पन्चिङ मेसिन, सोसर, प्लाष्टिक बोरा, प्लाष्टिक थैला, स्टिच मेसिन, परिचय पत्र कार्ड, प्राथमिक उपचारका सामग्री लगायतका सामग्रीहरु जिल्ला आईपुगेका छन ।

अन्य बाँकी सामग्रीहरु भने कार्तिक २० गतेभित्र आईसक्ने न्यौपानेले जानकारी दिए । ति सामग्रीहरु हाल निर्वाचन कार्यालयमै संकलन गरेर राखिने छ । मंसिर १ गतेभित्र मतदान केन्द्रका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृत तथा कर्मचारीहरु छनौट गरी आवश्यक तालिम पश्चात निर्वाचन सामग्री सहित सम्बन्धित केन्द्रमा खटाईने उनले बताए ।

यसअघि केहिदिन अघि मात्रै समानुपातिक तर्फको झन्डै २ लाख ६४ हजार थान मतपत्र जिल्ला आईसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!