• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । राष्ट्रिय प्रजातन्त्र पार्टी ओखलढुंगाले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । आउँदो मंसीर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि राप्रपाले आफ्नो घोषणापत्र सार्वजनिक गरेको हो । सदरमुकाममा आज (बिहीबार) पत्रकार सम्मेलन गरी प्रतिनिधि सभाका उम्मेदवार डिकप्रसाद बास्तोला र प्रदेश सभा २ का उम्मेदवार पुष्पराज पोखरेलले संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गरे ।

घोषणापत्र सार्वजनिक गर्दै प्रतिनिधि सभा उम्मेदवार बास्तोलाले पार्टीले शिक्षा, कृषी, भौतिक पूर्वाधार विकास निर्माण तथा स्थानीय श्रोतसाधन परिचालन र रोजगारी सृजना लगायतका विषयलाई प्राथमिकता दिने र भ्रष्टाचारमा शून्य सहनशिलताको नीति अवलम्बन गर्ने बताए ।

पार्टीका नेता र कार्यकर्ता समेतको उपस्थितीमा सार्वजनिक गरिएको घोषणापत्र ४ पृष्ठ लामो छ । विभिन्न विषयबस्तु समेटिएको ८२ बुँदाको उक्त घोषणापत्रमा शिक्षा, स्वास्थ्य र कृषी क्षेत्रको सुधार र रोजगारी सृजना गर्ने जस्ता विषयलाई जोड दिईएको छ ।

घोषणापत्रमा सुशासन तर्फ भ्रष्टाचार मुक्त ओखलढुंगा बनाईने र जनतालाई निष्पक्ष र छिटोछरितो सेवा दिईने उल्लेख छ । त्यस्तै कक्षा १२ सम्म पुर्ण निशुल्क शिक्षा, गरिबीको रेखामुनी रहेको वर्ग तथा अल्पशंख्यक समुहका न्युनतम एक÷एक जना प्रतिभाशाली विद्यार्थीलाई प्रत्येक वर्ष चिकित्सा शास्त्र (एम.बी.बी.एस) र ईन्जिनियरिङ (स्नातक) तह अध्ययन गर्न छात्रवृत्ति, प्राथमिक तहमा स्थानीय मातृभाषा शिक्षा, फरक शारिरीक क्षमता भएका विद्यार्थीका लागि विशेष कक्षाको ब्यवस्था गरिने घोषणपत्रमा उल्लेख छ ।

स्वास्थ्य तर्फ सबै नागरीकलाई निशुल्क तथा अनिवार्य स्वास्थ्य बिमा, प्रत्येक वडामा प्रसुती सेवा तथा निम्न आय भएका हरेक सुत्केरीलाई ३ महिना सम्म रु ३ हजार मासिक भत्ता, क्यान्सर, मृगौला तथा मेरुदण्ड रोगबाट पिडित स्थानीय नागरीकलाई मासिक स्वास्थ्य भत्ता दिईने घोषणापत्रमा उल्लेख छ ।

घोषणा पत्रमा सहज र सुपथ मुल्यमा कृषी मल र आधुनिक कृषी औजाकारको लागि अनुदानको व्यवस्था, किसानको खेत खेतमा बिजुली र गाईभैँसीमा सुत्केरी भत्ता दिईने पनि उल्लेख छ ।

सबै घरधुरीमा ४ वर्षभित्र आधारभूत खानेपानी सेवा, स्थानीय करको दर परिर्माजन गरी ५० प्रतिशत सम्म स्थानीय कर कटौती गरी न्यूनतम करको ब्यवस्था गर्ने, रोजगारमुलक उद्योग स्थापना गर्नेलाई पूर्वाधार निर्माणमा सहयोग तथा १० वर्षसम्म स्थानीय कर छुट, सार्वजनिक निजी साझेदारीबाट युवा लक्षित उद्यम ब्यवसाय प्रर्बद्धन, प्रत्येक वडामा खुल्ला ब्यायामशालाको निर्माणलगायत पनि घोषणापत्रमा उल्लेख छ ।

त्यसैगरी सिप सिकेका युवाहरुलाई बिना धितो ऋण, अति बिपन्न परिवारका लागि परिचय पत्र र सुपथ मूल्यको पसल, सबै वडालाई सडक सञ्जालमा जोडी बाह्रै महिना चल्ने कालोपत्रे वा ग्राभेल सडक निर्माण गरिने पनि घोषणापत्रमा उल्लेख छ ।

न्युनतम एक कार्यकाल सवारी साधन खरिदमा रोक, आवश्यकताको आधारमा एक स्थानीय तह एक गौशाला निर्माण, स्थानीय पर्यटन विकासलाई प्राथमिकता दिई होमस्टे सञ्चालनको लागि बिना ब्याज ऋण र तालिमको ब्यवस्था गरिनेलगायतका विषयहरु घोषणापत्रमा उल्लेख गरिएको छ ।

यस्तो छ पुरा घोषणापत्र ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!