• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप — कामको सिलसिलामा रामेछापको उमाकुण्ड १ मा पर्ने उमातीर्थको मन्दिर नजिकै उभिएका गुम्देलका पेमा शेर्पाले लिखु नदी किनारमा एउटा अनौठो जनावार देखे । फोटो खिच्न सौखिन शेर्पाले हत्तपत्त क्यामेरा निकाले र त्यस क्षेत्रकै सुन्दर जनावार रेडपाण्डा ९ हाब्रे ० तस्बिर लिए । यो कुरा कात्तिक १६ गते अपराह्नको हो ।

ुमैले तस्बिर लिउन्जेल रेडपाण्डा पूरै धैर्य गरेर ठूलो ढुङ्गामाथि उभियो । अनि आसपासका अरु मानिसहरू पनि आए केही बेर हामी तिर हेरिरह्यो । केहिले त्यही मौकामा भिडियो समेत खिच्न भ्याए । मानिसको होहल्ला भएपछि रेडपाण्डा नजिकैको जंगलतिर कुद्‍यो,ु शेर्पाले भने । गौरीशंकर संरक्षण क्षेत्रमै बसोबास रहेका शेर्पाले दोश्रोपल्ट सुनौलो रेडपाण्डालाई धित मारुन्जेल हेरे र नयाँ अनुभूति बनाए । यसअघि उनले गुम्देलकै सेर्दिङ नजिक रेडपाण्डा देखेका थिए ।

गौरीशंकर संरक्षण क्षेत्रमा दर्जनौं रेडपाण्डा पाइने स्थानीयले जनाएका छन् । गुम्देलको टारेतर्फ जाने क्षेत्रमा रेडपाण्डा बाक्लै देखिने गरेको स्थानीय आङदोर्जि शेर्पाले बताएका छन् । शेर्पाका अनुसार त्यस क्षेत्रमा रेडपाण्डाका बथान नै हुने गरेका छन् । रेडपाण्डा सुनौलो भएकैले यसको चोरी सिकारी गरी छाला निकालेर बिक्रीका लागि लैजाने गरिएको तर उक्त जन्तुको छाला कुनै काममा प्रयोग नहुने र मूल्य नआउने भएकाले संरक्षणविदहरुले रेडपाण्डालाई अनाहकमा सिकार नगर्न आग्रह गर्दै आएको गौरीशंकर संरक्षण क्षेत्रका पूर्व आयोजना प्रमुख सत्यनारायण साहले बताए ।

रेडपाण्डा लाई विश्ववन्यजन्तु कोषले संकटापन्न वन्यजन्तुको सूचीमा समावेश गरेको छ । यो लजालु स्वभावको जनावर हो । नेपालमा रेडपाण्डाको संख्या करिब ६ सय रहेको कुरा राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्याङ्कमा उल्लेख छ ।

सरकारले २०६६ सालमा गौरीशंकर संरक्षण क्षेत्र घोषणा गरेपछि दोलखाको मार्बु, रामेछापको चुचुरे, गुम्देल लगाएतका क्षेत्रमा रेडपाण्डाको संख्यामा वृद्धि भएको आयोजनाले जनाएको छ । आयोजना क्षेत्रमा पर्ने चुचुरेको सिवालय बजार नजिकै केही वर्ष अघि भेटिएको रेडपाण्डालाई आयोजनाले सदर चिडियाखाना जावलाखेलमा लगेर राखेको थियो । आयोजनाले रेडपाण्डा पाउने क्षेत्र भएकोले रामेछापको गोकुलगंगा १ चुचुरेमा रेडपाण्डाको सालिक समेत राखेको छ ।

संरक्षण क्षेत्र बनेपछि रामेछापको उत्तरी क्षेत्रमा वन्यजन्तुको सिकारलाई पूर्ण रुपमा बन्देज लगाइएको आयोजनाकी अरुणिमा कार्कीले बताइन् । सिकार निषेध गरेपछि रेडपाण्डा, भालु, मृग, कस्तुरी, झारल चितुवा लगायत वन्यजन्तु बढेको स्थानीयले बताउँदै आएका छन् । गुम्देलमा संरक्षण क्षेत्रबाट हरेक वर्ष भालु स्थानीयको खेतीयोग्य जमिनमा पसेर बालीनालि नास गर्ने गर्छ ।

#कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!