ओखलढुंगा । ओखलढुंगामा राती १० बजेसम्म मात्रै देउसीभैलो खेल्न पाइने भएको छ । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले आज (बिहीवार) एक सार्वजनिक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।
प्रशासनको जारी सूचनामा देउसीभैलो,नाचगान लगायतका सास्कृतिक कार्यक्रम मर्यादित तरिकाले राती १० बजेसम्म मात्र संचालन गर्ने भनेको छ । त्यस्तै पटाका पड्काउने, जुवातास खेल्ने, आतिस बाजि गर्ने, सार्बजनिक स्थलमा होहल्ला र झै झगडा गर्नेजस्ता कानुन विपरितका गतिविधिमा रोक लगाइएको सूचनामा उल्लेख गरिएको छ ।
उल्लेखित निर्णय विपरितका कार्य गरे/गराइएको पाइएमा प्रचलित कानुन बमोजम कारबाही हुने पनि प्रशासनले जनाएको छ । त्यस्तै दिपावली तथा छट पर्व मनाउने क्रममा दिप तथा विद्युतिय बत्तीहरु प्रज्वलन गर्दा आगजनीको घटना घट्न सक्ने हुँदा पुर्ण सजगता अपनाइ पर्वहरु मनाउन पनि प्रशासनले अनुरोध गरेको छ ।