रामेछाप: लैङ्गीक हिंसा बिरुद्धको १६ दिने अभियानका अवसरमा मन्थलीमा दीप प्रज्वलन गरिएको छ । शुक्रबार साँझ मन्थलीको सदरमुकाम स्थित देवकोटा चोकमा दीप प्रज्वलन गरिएको हो ।
मन्थली नगरपालिकाको अयोजना गरिएको दिप प्रज्वलन कार्यक्रममा नगरप्रमुख लव श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले संयुक्त रुपमा दीप प्रज्वलन गरेर अभियानको सुरुवात गर्नुभयो ।
कार्यक्रममा अन्य सहभागी बिभिन्न क्षेत्रका नागरिकहरुले पनि दीप प्रज्वलनगर्नुभएको थियो ।