• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । मानेभञ्ज्याङ गाउँपालिका ९ का कमला राई २०७४ को स्थानीय तहको निर्वाचनमा ४४२ मतले महिला कोटाबाट वडा सदस्यमा निर्वाचित भईन । निर्वाचित हुँदा मन प्रशन्न भएपनि पारिवारीक जिम्मेवारी संगै नेतृत्व तहमा जानु उनको लागि कम चुनौतीपुर्ण थिएन । पदमा पुग्दा समाजबाट साथ, सहयोग र हौसलाको आशा गरेकी थिईन । तर त्यहीँ समाजका अगुवा भनिएकाहरुले नै उल्टो अनावश्यक कुरा काट्ने, छोरी मान्छे भएर नेतागिरी गरेर हिँडेको छ, के खान्छ ? के लाउँछ ? चुनाव जितेर के चँै गर्दो रैछ हेरम्ला भन्नेजस्ता टिकाटिप्पणी गरे ।

तर समाजको हितका लागि राजनीतिमा प्रवेश गरेकी उनले हार मानिन् र आफ्नो जिम्मेवारी बहन गर्न लागिपरिन् । निर्वाचित हुनुअघि पनि विभिन्न समुहमा आवद्ध भएर काम गरिसकेकाले कुनै पनि औपचारीक कार्यक्रममा बोल्न उनका लागि समस्याको विषय थिएन । तर पदमा गैसकेपछि पनि वडामा आफ्नो भूमिका के हुन्छ ? कस्तो जिम्मेवारी रहन्छ ? आफ्नो अधिकार प्राप्तिका लागि के गर्ने ? नेतृत्वलाई सहज कसरी बनाउने ? भन्ने जस्ता कुराहरु उनलाई प्रष्ट थिएन ।

काम गर्दै जाँदा अनुभव संगै उनले विभिन्न क्षमता विकास लगायतका तालिमहरुमा सहभागी हुने अवशर पाईन । जसले गर्दा उनलाई नेतृत्व गर्न अझ सहज हुनुको साथै आफ्नो जिम्मेवारी बारे समेत प्रष्ट भयो । विशेष गरी दलित महिला केन्द्रको ‘शी लिड्स’ भन्ने परियोजनाले विभिन्न चरणमा दिएको क्षमता विकास, प्रशिक्षण, बुट क्याम जस्ता तालिम आफ्नो लागि निकै सहयोगी र प्रभावकारी साबित भएको उनको भनाई छ ।

“हामीले निर्वाचित भएर पद त पाएका थियौँ तर, ‘शी लिड्स’को तालिम पश्चात नै म मेरो भूमिका बारे प्रष्ट भएँ । यहिँ तालिमले गर्दा काम गर्न पनि सहज भयो, अझ थप सक्रिय भएर काम गर्ने उर्जा समेत मिलेको छ ।”
५ वर्षको कार्यकालमा काम गर्दै जाँदा उनको नेतृत्व क्षमतामा निकै विकास भयो । उनको क्षमता र लगनशिलता देखेर पार्टीबाट पुन उम्मेदवारको टिकट पाएकी उनले २०७९ को स्थानीय तहको निर्वाचनमा समेत ५३५ मतका साथ पुन वडा सदस्यमा निर्वाचित भईन ।

अहिले पनि पदमा रहेकी राई आफ्नो सफलतामा ‘शी लिड्स’ को भूमिका पनि उत्तिकै महत्वपुर्ण रहेको बताउँछिन । ५ वर्षको कार्यअनुभव संगै ‘शी लिड्स’ले नेतृत्व क्षमता विकासमा सहयोग गरेकाले आफुलाई यो सफलता मिलेको उनको भनाई छ । विशेष गरी पहिलो कार्यकाल धेरैजसो सिकाईमै बितेकाले अबको कार्यकाल थप सपल हुने उनले अपेक्षा गरेकी छन ।

राई जस्तै सुनकोशी गाउँपालिका ८ का शुशिला श्रेष्ठ पनि दोस्रो पटक निर्वाचित वडा सदस्य हुन । उनि पनि पहिल्यै देखी नै विभिन्न समुहमा आवद्ध भएर काम गरेकाले कुनै औपचारीक कार्यक्रममा आफ्नो बिचार व्यक्त गर्न समस्या थिएन । समुदायको साथ सहयोग पाएर पनि पहिलो पटक निर्वाचित हुँदा उनलाई महिला अधिकारको बारेमा समेत प्रष्ट थिएन ।

समाजमा महिला बिरुद्ध भएका कतिपय हिंसा देखेको र अधिकार प्राप्तिका लागि कति ठाउँ पहल समेत गरेकी भएपनि अधिकार प्राप्तिका लागि के गर्नुपर्छ ? भनेर आफुले ‘शी लिड्स’को तालिमबाटै ज्ञान पाएको उनको प्रतिक्रिया छ ।

“हुन त म पहिला पनि समाजिक कार्यमा सक्रिय नै थिए, महिलाहरुलाई अगाडी बढाउन र गाउँठाउँको विकासका लागि पनि मैले आफ्नो ठाउँबाट सक्ने पहल गरेको थिए, उनले भनिन् तर ‘शी लिड्स’को विभिन्न प्रकारको तालिमले मलाई झन यस कार्यमा थप पोख्त बनायो ।” आफुले अन्य ठाउँमा यस्ता तालिमहरु लिएको भएपनि ‘शी लिड्स’को तालिम निकै प्रभावकारी रहेको उनको भनाई छ । “मैले अन्य विभिन्न तालिम र गोष्ठीहरुमा पनि सहभागी हुने अवशर पाएँ तर ‘शी लिड्स’को क्षमता विकास तालिमले मलाई काम गर्न सिकायो, नेतृत्वमा अब्बल बनायो, यस्तो तालिम सबै महिला जनप्रतिनिधिको लागि पनि अति आवश्यक र महत्वपूर्ण छ ।”

आफुले यसअघि चुनाव जितेर ईमान्दारीताका साथ वडा सदस्यको भूमिका निर्वाह गरेको श्रेष्ठको प्रतिक्रिया छ । तालिम मार्फत वडाका विभिन्न योजनाहरु बनाउन र छनौट गर्न सक्षम भएपछि पार्टीले मूल्याङकन गरेर पुन टिकट दिएको र २०७९ को चुनावमा पनि जित हासिल गरेको उनले बताईन ।

काम गर्ने शैली र नेतृत्वमा अब्बल बनिसकेको भन्दै जनसमुदायले पुन अर्को चुनावमा पनि आफुहरु भोट दिन तयार रहेको बताउने गरेका छन । अहिले वडा सदस्य पदमा रहेपनि आफु वडा अध्यक्षकै भूमिका निर्वाह गर्न सक्षम रहेको उनको भनाई छ ।

 

यसअघि जिल्लाका ४ स्थानीय तह सिद्धिचरण नगरपालिका, सुनकोशी, मानेभञ्ज्याङ र मोलुङ गाउँपालिकामा दलित महिला केन्द्रको ‘शी लिड्स’ परियोजना लागु भएको थियो । परियोजना लागु भएका स्थानीय तहका १३ दलित महिला तथा महिला वडा सदस्य २०७४ र २०७९ को स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका छन ।

उनिहरु मध्ये धेरैजसोले ‘शी लिड्स’को तालिमले आफुहरुलाई पुन निर्वाचित हुन सहयोग पु¥याएको बताउने गरेका छन । ‘शी लिड्स’ परियोजना जिल्लामा प्रभावकारी साबित भएपछि थप २ स्थानीय तह चम्पादेवी र चिसंखुगढी गाउँपालिकामा पनि लागु गरिएको परियोजनाका जिल्ला कार्यक्रम अधिकृत बुना बिकले जानकारी दिईन् । विशेष गरी महिलाहरुलाई राजनीतिमा अर्थपूर्ण सहभागी गराउन र नेतृत्व तहमा पु¥याउने उदेश्यले सञ्चालन गरिएको यो परियोजना निकै प्रभावकारी रहेको जनप्रतिनिधिहरुको भनाई छ ।

मानेभञ्ज्याङ गाउँपालिकाका निर्वतमान उपाध्यक्ष सबिता राईले आफु निर्वाचित भएकै समयमा यो परियोजना लागु भएको भए आफ्नो नेतृत्व झनै प्रभावकारी र सफल हुने विश्वास ब्यक्त गरिन । जिल्लाका सबै स्थानीय तहमा यो परियोजना लागु भए निर्वाचित भएका र नेतृत्व तहमा आउन चाहने महिलाहरुलाई निकै सहज हुने उनको प्रतिक्रिया छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!