• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । सिद्धिचरण नगरपालिका १२ का जेष्ठ नागरिकलाई निशुल्क आँखा परिक्षण तथा उपचार सेवा दिईएको छ । सामुदायिक आँखा केन्द्र ओखलढुंगाले जेष्ठ नागरिक मञ्चको सहजिकरणमा आज (मंगलबार) उक्त सेवा प्रदान गरेको हो ।

जेष्ठ नागरिक दिवा सेवा केन्द्र सिनपा १२ को हलमा १ दिने शिबिर सञ्चालन गरी सेवा दिईएको सामुदायिक आँखा केन्द्र ओखलढुंगाका प्रमुख टिका राईले जानकारी दिईन । उनका अनुशार शिबिरमा सिद्धिचरण नगरपालिका १२ भित्रका ४२ जना जेष्ठ नागरीकहरुले सेवा पाएका छन ।

ति मध्ये ४ जनामा मोतिबिन्दु देखिएकाले उनिहरुको आगामी पौषमा सञ्चालन हुने शिबिरमा शल्यक्रिया गरिने राईले जानकारी दिईन । यस्तै सिद्धिचरण नगरपालिका ११ मा पनि आउँदो पौष १ गते शिबिर सञ्चालन गरिने उनले बताईन ।

यसैबिच केन्द्रले आधारभूत आँखा स्वास्थ्य तालिम सञ्चालनलाई समेत जोड दिएको केन्द्रले जनाएको छ । जस अनुशार यसअघि मानेभञ्ज्याङ गाउँपालिकाका झन्डै ४७ जना शिक्षिकाहरुलाई १ दिने आधारभूत आँखा स्वास्थ्य तालिम प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!