• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । कक्षा ११ मा अध्ययनरत रोशन दाहालले सडक बालबालिकालाई आर्थिक सहयोग गरेका छन । जिल्लाको सिद्धिचरण नगरपालिका ५ घर भई हाल काठमाण्डौ स्थित ब्रिलिएन्ट कलेजमा अध्ययनरत उनले (आज) बुधबार काठमाण्डौको पशुपती परिसरमा बस्ने सडक बालबालिकालाई आर्थिक सहयोग गरेका हुन ।

उनले २० जना सडक बालबालिकाहरुलाई खाना खाजा सहित जनही नगद रु १ हजार आर्थिक सहयोग गरेका छन ।

विश्वकप फुटबल २०२२ अन्तर्रगत मंगलबार मध्यराती अर्जेटिना र क्रोएसिया बिच भएको खेलमा यदी अर्जेन्टिनाले जिते सम्मान स्वरुप भेटेजती सबैलाई चकलेट वितरण गर्ने भन्दै आफ्नो सामाजिक सञ्जाल मार्पmत उनले घोषणा गरेका थिए ।

तर अर्जेन्टिनाले खेल जिते पनि खुसी साट्नको लागि चकलेट वितरण गर्नुभन्दा सामाजिक काम गर्न उचित ठानेर आफुले सडक बालबालिकालाई सकेको सहयोग गरेको उनको भनाई छ । आफुलाई मनपर्ने टिमले खेल जितेभन्दा पनि सडक बालबालिकालाई सहयोग गर्न पाउँदा आफुलाई दोब्बर खुसी मिलेको दाहालले बताए ।

सहयोग पाएका बालबालिकाहरुको अनुहारमा छाएको मुस्कानले आफुलाई झनै सामाजिक कार्य गर्न हौसला प्रदान गरेको भन्दै उनले आगामी दिनमा पनि सकेसम्म यस्तै उदाहरणिय काम गर्ने बताएका छन ।

दाहाल सिद्धिचरण नगरपालिका स्तरीय बाल क्लबका संयोजक र नेकपा एमाले निकट अनेरास्वबियु ओखलढुंगाका जिल्ला नेता समेत हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!