रामेछाप:गोकुलगंगा गाउँपालिकामा बाघको आक्रमणबाट एक बालक घाईते भएका छन् । शुक्रबार बेलुका घर नजिकैको जंगलमा पत्कर टिप्न जाँदा बाघको आक्रमण परी गोकुलगंगा गाउँपालिका १ ढांडेका १७ बर्षिय बालक शिवराम कार्की गम्भिर घाईते भएका हुन् ।
बाघको आक्रमणबाट उनको टाउको,आँखा लागायतको शरिरको बिभिन्न भागमा चोट लगेको छ । चुचुरे स्थित सेतीदेबी माध्यमिक विद्यालयमा कक्षा १० मा अध्यनरत बिद्यार्थी कार्की बेलुका पत्कर टिप्न जादाँ बाघको आक्रमणमा परेको गोकुलगंगा गाउँपालिका १ का वडा अध्यक्ष छत्र बहादुर बस्नेतले जानकरी दिए ।
बाघको आक्रमणबाट बेहोस अवस्थामा फेला परेका कार्कीलाई दोलखाको जिरी स्थित जिरी अस्पतालमा समान्य उपचारपछि थप उपचारका लागी काठमाण्डौ पठाईएको छ । उनको स्वास्थ्य अवस्था सुधारउन्मुख रहेको छ ।
बन्यजन्तु संरक्षण क्षेत्रको सुचीमा रहेको शिवालय क्षेत्रमा पछिल्लो समय जंगली जनावरको चहलपहल बढेको वडा कार्यलयले जनएको छ । जंगलमा जंगली जनावरको चहलपहल बढेकाले सावधानी अपनाउन पनि वडा कार्यलयले आग्रह गरेको छ ।