• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । वडाबासीलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउन वडा कार्यालय लागिपरेको छ । जिल्लाको चिसंखुगढी गाउँपालिका ६ नम्बर वडा कार्यालय ‘तरकारी खेती अनुदान कार्यक्रम’ सञ्चालन गरेर वडाबासीलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने प्रयासमा लागिपरेको हो ।

कार्यक्रम अनुशार वडा कार्यालयले आज (शनिबार) वडाका ३ सय ६५ घरधुरीलाई ६७ हजार ५ सय वटा प्याजको बेर्ना बितरण गरेको छ । बाँकी रहेका वडाबासीले भोली (आईतबार) वडा कार्यालयबाटै प्याज बेर्ना लिन सक्ने ब्यवस्था मिलाईएको वडा कार्यालयले जनाएको छ ।

स्थानीय स्तरमा प्याजको कमी नहोस र उत्पादनमा समेत वडाबासीको सक्रियता रहोस भन्ने उदेश्यले प्याजको बेर्ना वितरण गरिएको बताईएको छ । वडा अध्यक्ष बलराम कट्वालले स्थानीयलाई तरकारी खेतीमा आत्मनिर्भर बनाउने प्रयास स्वरुप पहिलो चरणमा निशुल्क प्याजको बेर्ना बितरण गरिएको बताए ।

माग र आवश्यकताको आधारमा पुन अन्य मौसमी तथा बेमौसमी तरकारीका बेर्ना र बिउ वितरणलाई समेत प्राथमिकता दिईने उनले बताए । तरकारी खेतीमा आत्मनिर्भर बन्न सके स्थानीयको आर्थिक स्तरमा समेत बृद्धि हुने अपेक्षा गरिएको वडा अध्यक्ष कट्वालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!