रामेछाप: पहेँलै फलेको सुन्तला,रिक्ति सकेका जुनारका बोट, बगैचामा छुटेका तथा स–साना(सि ग्रेड)का फलहरु टिप्नमा बेस्त छन् कृषक टेक बहादुुर बम्जान । रामेछापको रामेछाप नगरपालिका ७ बम्जनटोलका कृषक टेक बहादुुर आफ्नो श्रीमती सहित यतीबेला बारीमा भेटिन्छन् । भएका तथा बाँकी रहेका जुनार सुन्ताला टिप्नमा ब्यस्त उनीहरु साना अर्थात सि ग्रेडका फलहरु खेर जाने भन्दै चिन्तामा छन् ।
ब्यापारीले ग्रेडीङ गरेर ठुला तथा पहिलो ग्रेडको फलमात्र लाने भएकाले साना श्रेणीका फलहरु कमैमात्र बिक्ने गरेको छ । जसका कारण पनि बाँकी भएका फलहरु सस्तो मुल्यमा बेच्न कृषकहरु बाध्य छन् । “ब्यापारीहरु घरमै आएर बोटैबाट ठुला र मध्यमखालका फल टिपेर लाने गर्छन् । भएका साना तथा मझौला फलहरु कमै मात्र बिक्रि हुन्छ ” बम्जनले भने ।
एकैपटक बजारमा कृषकको उत्पादन आईपुग्ने भएकाले पनि ब्यापारीहरुले बार्गेनीङ गर्ने गरेको उनको बुझाई छ । मौषमी फलको रुपमा परिचित जुनार तथा सुन्ताल भन्डार गरेर बिक्रि बितरण गर्ने स्थलको अभावका कारण पनि कृषकहरुले सस्तो मुल्यमा आफ्नो उत्पादनलाई बिक्रि गर्नुपर्ने बाध्यता रहेको छ ।
प्रधानमन्त्री कृषी आधृनिकीकरण परियोजना, परियोजना कार्यन्वयन ईकाइ रामेछापले जुनार तथा सुन्तलाको जोन कार्यक्रम सञ्चालन गरेपछि ब्यवसायीक रुपमा लागेका कृषीहरुलाई केही सहज भएपनि यो समयमा भण्डारण गरेर अफसिजनमा फल निकाल्न पाए हुन्थ्यो भन्नेमा कृषकहरु छन् ।
ईकाइले बाली संरक्षणका लागी औषधी तथा अन्य उपकरण अनुदानमा सहयोग गर्दै आएको छ । तर स्थानीय ब्यापारीले उत्पादन भएका जुनार तथा सन्तला सस्तो मुल्यमा खोज्ने भएकाले एकैपटक बिक्रि बितरण गर्न समस्या रहेको सोही स्थानका अर्का स्थानीय दिल कुमारी तामाङ बताउँछिन् । “उत्पादन भएका फलहरु सबैतिरबाट एकैपटक बजारमा आउछ त्यसैले मुल्यमा समेत घटबढ हुन्छ ”उनले भनिन् ।
उत्पादन भएका फललाई बाहै्रमहिना बजार सम्म पुर्याउन भान्डारण स्थल अर्थात कोल्ड बुटको आवश्यक पर्छ । तर स्थानीय सरकारले बजेट अभावको कारण देखाउदै कृषीमा प्रर्याप्त बजेट ब्यवस्थापन गर्न सकेको छैन। जसका कारण पनि साना तथा मझौला कृषकले आफ्नो उत्पादनलाई प्रतिस्पर्धी बजारमा सस्तो मुल्यमा बिक्रि गर्नुपर्ने बाध्यता रहेको रामेछाप नगरपालिकाका प्राबिधिक सहायक लवश्री बिश्वकर्माले बताए ।“सरकारकाले कृषीमा प्रयाप्त बजेट छुट्याउन नसकेकै हो,यसले गर्दा कृषकहरु कृषकहरु मारमा परेकै छन् ।” उनले भने । प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना परियोजना कार्यन्वयन ईकाई अन्तरगत हाल रामेछाप नगरपालिकाका ७ वडा र मन्थली नगरपालिकाका ५ वटा वडमा जुनार जोन कार्यक्रम सञ्चालनमा रहेको छ ।
तुल्नात्मक रुपमा जिल्लामा अघिल्लो बर्षको तुलनामा यसबर्ष जुनार तथा सुन्तलानको उत्पादनमा भने उल्लेख्य बृद्धी भएको छ । “फलको हिसावले यसबर्ष समयमै कृषकहरुले संरक्षणको बिधि अपनाएकाले उत्पादकत्व बढको छ । ” परियोजना कार्यन्वयन ईकाई रामेछापका सुचना अधिकारी बेदराज काफ्लेले भने । जुनारको जिल्ला भनेर चिनिने रामेछापमा हाल ५ सय २० हेक्टर भन्दा बढी क्षेत्रफलमा जुनार तथा सुन्तलाको खेती हुदै आएको छ ।