• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप: मन्थली नगरपालिकालाई बालमैत्री स्थानीय शासन घोषणाका लागी प्रतिबद्धता ब्यक्त गरिएको छ । आईतबार नगरपालिकामा भएको दुईदिने अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा सरोकारवाला ब्यक्तीहरुले बालमैत्री स्थानीय शासन घोषणाका लागी आफ्नो प्रतिबद्धा जनाएका हुन् ।

बालबालिकाको संरक्षण तथा हक अधिकारको क्षेत्रमा लागु हुने करिब ३१ वटा सुचांक पुरा गरेपछि स्थानीय तहलाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने गरिएको छ । सोही अनुसार मन्थली नगरपालिकालाई आगामी जेष्ठ २०८१ साल सम्ममा बालमैत्री स्थानीय शासन घोषणा गर्ने लक्ष्य राखिएको छ । जसका लगी सबै सरोकारवाला निकाय तथा संघ संस्थाहरु एकजुट भएर लाग्ने सहमती भएको कार्यक्रमका सहभागी शिक्षक केशव तिमल्सिना बताए।

नगरपालिलाई बालमैत्री स्थानीय शासन घोषणाको लक्ष्य पुरा गर्न सबै वडा तहबाट बालवालिकाको लगत संकलन गर्ने,बिद्यालयमा भएका बाल क्लवहरुलाई सक्रिय तथा पुर्नगठन गर्ने सहमती भएको छ । होटल ब्यवसाय तथा अन्य श्रमको क्षत्रमा काम गर्ने बालवालिकाको लगत संकलन गर्ने लगायतका निणर्य भएको शिक्षक तिमल्सिनाको भनाई छ ।

बालमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि २०६८ यसअघि सरकारले जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!