ओखलढुंगा । सिद्धिचरण नगरपालिका ११ का वडा अध्यक्ष विनोदकुमार ताम्राकारले बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन । आफ्नै खर्चमा वडाकै मिलनचोकका २ अति बिपन्न परिवारलाई आज (मंगलबार) चामल, दाल, नुन, तेल लगायतका खाद्यान्न सामग्र्री सहयोग गरेका हुन ।
चुनाव अघि अध्यक्ष ताम्राकारले आफु निर्वाचित भए वडाबाट आफुले पाउने तलब भत्ता सामाजिक कार्यमा खर्च गर्ने बताएका थिए । सोहि अनुशार गत असोजमा मात्रै आफ्नै खर्चमा ३२ बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका उनले पुन २ परिवारलाई खाद्यान्न सहयोग गरेका हुन ।
चुनाव अघिको बाचा संगै ति २ बिपन्न परिवारको अवस्था निकै कठिन रहेको जानकारी पाएपछि तत्कालका लागि आज खाद्यान्न सहयोग गरिएको अध्यक्ष ताम्राकारले बताए । खाद्यान्न पाएपछि ति परिवारका सदस्यले खुसी हुँदै वडा अध्यक्षलाई धन्यवाद ज्ञापन समेत गरेका छन् । आफुहरुको दुःख बुझ्ने र तत्काल सहयोग समेत गर्ने जनप्रतिनिधी आफुहरुले पाएको उनिहरुको भनाई थियो ।
यसैबिच अध्यक्ष ताम्राकारले वडाका विपन्न परिवारका जेष्ठ नागरीकलाई केहि समयभित्रै आफ्नै ब्यक्तिगत खर्चमा न्यायो कपडा (ज्याकेट) वितरण गर्ने तयारी गरेका छन ।