ओखलढुंगा । तथ्यांक कार्यालय ओखलढुंगामा कार्यरत एक कर्मचारी मृत भेटिएका छन । जिल्लाको सिद्धिचरण नगरपालिका ४ घर भई हाल तथ्यांक कार्यालयमा कार्यालय सहयोगी रहेका अन्दाजी ४८ बर्षिय महेश पोखरेल मृत भेटिएका हुन ।
आज (शनिबार) बिहान उनी सिद्धिचरण नगरपालिका ११ तल्लो गैरीगाउँ स्थित एक स्थानीयको घरपछाडीको कुलेसोमा लडेको मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
घटनाको जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरी टोलीले आवश्यक कानुनी प्रक्रिया पुरा गरी पोष्टमार्टम पश्चात शब परिवारलाई जिम्मा लगाएको छ ।
घटनाको अनुसन्धान जारी नै रहेकाले उनको मृत्युको वास्तविक कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।
तर उनको अत्यधिक मादक पदार्थ सेवनका कारण नजिकैको डिलबाट लडेर मृत्यु भएको हुनसक्ने प्रहरीको आशंका छ ।