• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । कोशी प्रदेशका मुख्यन्त्री हिक्मतकुमार कार्की सवार गाडी तोडफोडको प्रयास भएको छ । कोशी प्रदेशको नाम खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका पहिचानबादी आन्दोलनकारीहरुले जिल्लाको सिद्धिचरण नगरपालिका ११ स्थित गोरुमारेभञ्ज्याङमा गाडी तोफोडको प्रयास गरेका हुन ।

मुख्यमन्त्री कार्की जिल्लामा सञ्चालित विभिन्न योजनाहरु उद्घाटन र शिलान्यस गर्न चैत्र ५ गते देखी ओखलढुंगामा छन । सोहि क्रममा आज (सोमबार) सिद्धिचरण नगरपालिका १ स्थित सामुदायिक भवनको उद्घाटन गर्न जाँदै गर्दा उनिहरुले कालो झण्डा देखाएर नाराबाजी गर्दै गाडी तोडफोडको प्रयास गरेका थिए । आन्दोलनकारीहरुले मुख्यमन्त्रीको गाडीमा राखिएको झन्डा समेत निकालेर फालिदिएका छन ।

उनिहरुले मुख्यमन्त्रीलाई तलुवा जान झन्डै २ मिनेट अबरोध सिर्जना गरेका थिए । पहिचानको पुनः नामांकन संघर्ष समितिले आयोजना गरेको कार्यक्रमको नेतृत्व नेपाल आदिवासी जनजाति महासंघले गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!