रामेछाप: प्रदेश सरकार मातहतका तिन मु्ख्य सडकखण्ड कालोपत्रे हुने भएको छ । बागमती प्रदेश सरकार अन्तरगत भौतिक पूर्वधार मन्त्रालयले सडकमार्ग बिस्तारका लागी जिल्लाका मुख्य तिन सडकखण्ड कालोपत्रेका लागी स्वीकृत प्रदान गरेको हो ।
स्थानीय सडक पुर्वधार कार्यक्रम अन्रतग मन्त्रालयको बहुबर्षिय याजना अन्तरगत गोकुलगंगा र लिखु तामाकोसी गाउँपालिकामा सञ्चालमा रहेको हलदे–धोबी र रस्नालु–ठोसे सडकखण्डको स्तरउन्नती र कालोपत्रेका लागी स्वकृती प्रदान गरेको रामेछाप प्रदेशसभा क का सांसद तारानाराण श्रेष्ठले जानकारी दिनुभयो ।
बषौँदेखी अलपत्र अवस्थामा रहेको उक्त सडकखण्डको सांसद श्रेष्ठको पहलमा स्तरउन्नती हुन लागेको हो । हलेदे–धोबी सडकखण्डका लागी यसबर्ष करिब २० करोड र गोकुलगंगाको रस्नालु–ठोसे सडकखण्डका लागी २० करोड रुपौया बजेट स्वीकृत भएको छ ।
यसवाहेक लिखु करिडोरका लागी २० करोड रुपौया बजेट स्वीकृत भएको सांंसद श्रेष्ठले बताउनुभयो । उक्त सडकखण्ड कालोपत्रे तथा स्तरउन्नती भई सञ्चालनमा आए रामेछाप तथा ओखलढुंगा जिल्लाका नागरिकहरुलाई सहज हुनेछ ।