• २०८१, ५ मंसिर बुधबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिका ११ स्थित रमाईलोडाडाँमा निर्माण पश्चात उपयोग बिहिन बनेको बसपार्क सञ्चालनमा आएको छ । निर्माण सम्पन्न भएको लामो समय पश्चात आज (शुक्रबार) एक औपचारीक कार्यक्रमका बिच बसपार्क सञ्चालनमा ल्याईएको हो ।

करोडौँ खर्च गरेर बसपार्क निर्माण गरिएको भएपनि लामो समयसम्म पनि बसपार्क उपयोग बिहिन बनेको थियो । सवारी धनी र चाकलकहरुले सवारी साधन बसपार्कमा नलगी सडककै दायाँबायाँ पार्किङ गर्दै आएका थिए ।

यस विषयमा विभिन्न सञ्चारमाध्ययममा रिपोर्ट प्रसारण भएको थियो । रिपोर्ट प्रसारण भएको केहिदिन भित्रै जिल्ला स्थित सरोकारवालाहरुको बैठक बसेर आजबाट बसपार्क सञ्चालनमा ल्याईएको हो ।

बसपार्क सञ्चालनमा ल्याईएपछि अबदेखी अनिवार्य रुपमा सवारी साधन बसपार्कमा मात्रै पार्किङ गरिनुपर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाका ईन्चार्ज (असई) होमबहादुर खतिवडाले जानकारी दिए ।

यसैबिच आजैदेखी जिल्लाभित्र चल्ने (भाडाका) लामो दुरीका सवारी साधनमा टाईमकार्ड प्रणाली समेत लागु गरिएको छ । जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको समन्वयमा ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना न्यूनिकरणका लागि टाईमकार्ड प्रणाली लागु गरेको हो ।

जिल्ला स्थित विभिन्न ५ स्थानमा टाईमकार्ड चेकपोष्ट रहने ट्राफिक ईन्चार्ज खतिवडाले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!