• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । निर्वाचित भएर आफुहरु नेतृत्व तहमा पुग्दा नेतृत्व गर्नका लागि भर्खर बामे सर्दै गर्दाको अवस्थामा ‘शी लिड्स’ ले हिँड्न सहयोग पु¥याएको महिला वडा सदस्यहरुले बताएका छन् । दलित महिला केन्द्र नेपालको ‘शि लिड्स’ परियोजनाले महिला जनप्रतिनिधी (वडा सदस्य) का लागि सिद्धिचरण नगरपालिकामा सञ्चालन गरेको ४ दिने दोस्रो मोड्युलको प्रशिक्षणमा सहभागीहरुले यस्तो बताएका हुन ।

मंगलबार प्रशिक्षणको समापन तथा सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै उनिहरुले स्थानीय निर्वाचनमा कतिपय महिलाहरुलाई कोटा परिपुर्ती गर्नकै लागि विभिन्न दलहरुले टिकट दिएको बताएका थिए । जसले गर्दा आफुहरु नेतृत्व गर्नका लागि त्यति तयार नहुँदा र असक्षम हुँदा आफ्नो भूमिका बारे प्रष्ट नभएको भन्दै ‘शि लिड्स’ को विभिन्न चरणको तालिमले आफुहरुलाई निकै सहज भएको उनिहरुको भनाई छ ।

एउटा गैरसरकारी संस्थाले बाहिरबाट आएर यसरी आफुहरुको कमीकमजोरीलाई पहिचान गरी आवश्यक तालिम प्रदान गरिरँहदा सम्बधित स्थानीय तहले नै यस्ता तालिमहरु आयोजना गर्न अति आवश्यक रहेको उनिहरुले औँल्याएका छन ।

कार्यक्रममा आफ्नो भनाई राख्दै सुनकोशी गाउँपालिका २ की वडा सदस्य सरस्वती ल्वागुनले हिजोका दिनमा आफुहरु घरायसी कामकाजमै ब्यस्त रहेको अवस्थामा निर्वाचित भएर जनप्रतिनिधी बनिसक्दा पनि आफ्नो भूमिका बारे अलमलमै रहेको अवस्थामा ‘शि लिड्स’ ले प्रस्ट पारेको बताईन । नेता र नेतृत्व भनेको के हो र ? मुलुकमा कति तहको सरकार छ ? भन्ने बारेमा समेत आफुहरु अस्पष्ट भैरहेको अवस्थामा ‘शि लिड्स’ कै विभिन्न चरणको प्रशिक्षण र तालिमबाट यी र यस्ता खाले सबै कुराको ज्ञान पाएको उनको भनाई थियो ।

कार्यक्रमै सिद्धिचरण नगरपालिका ५ की वडा सदस्य सकुन्तला दर्जीले शरिरका सबै अंगहरु सक्रिय भएपनि आफुहरुलाई राम्ररी सुन्न, बोल्न र सहि ढंगले हिँड्न भने ‘शि लिड्स’ ले सिकाएको जिकिर गरिन । महिलाहरु छोरी बुहारी र सासुमा मात्रै सिमित नभई अवशर पाए महिलाले पनि नेतृत्व सम्हाल्न सक्छन भन्ने हिम्मत समेत जुटाएको उनको भनाई थियो ।

त्यस्तै सिनपा ९ की वडा सदस्य ललिता गुरुङले हिजोका दिनमा आफुहरुलाई नेताको ‘न’ र राजनीतिको ‘र’ समेत थाहा नभएको भन्दै ‘शि लिड्स’ ले नै समाजमा असल नेता कसरी बन्ने? नेतृत्व तहमा कसरी जाने ? जस्ता महत्वपूर्ण कुराहरु सिकाएको बताईन । आफ्नो परिचय समेत अर्कैले गराईदिए हुन्थ्यो नि ,भन्ने जस्ता परिस्थितीबाट आफुहरु गुज्रिएको अवस्थामा अहिले आएर ४ जनाको अघि बोल्न सक्ने भएको भन्दै भोली पुन सयौँ र हजारौको भिडमा समेत बोल्न सक्ने क्षमता बनाउन ‘शि लिड्स’ले सहयोग पु¥याउने उनले विश्वास ब्यक्त गरिन । यस्ता तालिमहरु नगरपालिकाले नै सञ्चालन गर्नुपर्ने भन्दै उनले तालिम लिएपछि आफुहरु कोटामा मात्रै सिमित रहेछौँ भन्ने लागेको बताईन ।

कार्यक्रममै सिद्धिचरण नगरकार्यपालिका सदस्य अप्सरा पन्थ कार्कीले ‘शि लिड्स’को तालिमले महिला नेतृत्व बारे प्रष्ट भएको बताईन । हिजोका दिनमा आफुहरु चुलो र चौकोमा सिमित रहँदा आफ्नो परिचय दिन नै खुट्टा कमाएर बस्नुपर्ने अवस्था रहेको भन्दै यी र यस्ता खाले तालिमले आफुसंगै सिंगो समाजको सकारात्मक परिवर्तणका लागि विभिन्न पाठहरु सिकाएको उनको भनाई थियो । ‘शि लिड्स’ ले दिएको नैतिक शिक्षालाई सहि ढंगबाट प्रस्तुत गरेर महिलाहरुको हकहित र संरक्षण गर्दै जिविकोपार्जनमा समेत सहयोग पु¥याउने आफुहरुले अठोट लिएको कार्कीले बताईन ।

त्यस्तै अर्की नगरकार्यपालिका सदस्य चौशिला बिशंखेले ‘शि लिड्स’ को तालिम पश्चात आफुहरु संविधानले सुनिश्चत गरेको कोटा पुरा गर्न मात्र नभई आफ्नो हकअधिकारको लागि आवाज उठाउन र आम नागरिकको सेवा गर्न निर्वाचित भएका हौँ भन्ने ज्ञान पाएको बताईन । आगामी दिनहरुमा महिलाहरुको क्षमता विकास र जिविकोपार्र्जनका लागि पनि वडा तहदेखि पालिका स्तरसम्मै छुट्टै बजेट बिनियोजन गर्न समेत उनले स्थानीय सरकार प्रमुखहरु समक्ष आग्रह गरिन ।

परियोजनाकी कार्यक्रम अनुगमन अधिकृत बुना बिकको अध्यक्षतामा भएको समापन तथा सार्वजनिक सुनुवाई कार्यक्रममा सिनपा उप–प्रमुख केदारबाबु बस्नेत, विभिन्न वडाका वडाअध्यक्षहरु र जिल्ला स्थित विभिन्न राजनीतिक दलका प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थित राजनीतिक दलका प्रतिनिधीहरुले ‘शि लिड्स’लाई विशेष धन्यवाद दिँदै महिला वडा सदस्यहरुको क्षमता विकासका लागि आगामी दिनमा पार्टी र ब्यक्तिगत रुपमा विशेष पहल गर्ने प्रतिवद्धता समेत ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!