• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

रामेछाप: रामेछापको कौछिनीमा १६ जना सवार बोलेरो जिप दुर्घटना हुदाँ पाँचजनाको मृत्यु भएको छ । बिहिबार बेलुका चालक सहित १६ जना सवार बा ११ च ५५३ नम्बरको डबल क्याप बोलेरो जिप मन्थली नगरपालिका ७ भटौली स्थित कौछिनी मानेखोपमा दुर्घटनमा परेको हो ।

दुर्घटनमा परी चार जनाको घटना स्थलमै र चालकको उपचारका क्रममा ज्यान भएको छ । मृत्यु हुनेमा मन्थली नगरपालिका ७ कौछिनी निवासी ८२ की नन्दमाया भण्डारी ,सोही स्थानका ६८ बर्षिय जेशुङ तामाङ ,४० बर्षिय ज्यान रानी तामाङ र सुनापती गाउँपालिका १ गुन्सीका सुवास घिसिङ्को ८ बर्षिय छोरी लाक्पा घिसिङ रहेका छन् ।

उनीहरुको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । सवारी चलक मन्थली नगरपालिका ७ कौछिनीका ५० बर्षिय दल बहादुर आलेमगरको समेत उपचारका क्रममा साँझ रामेछाप समुदायीक अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनमा परेका अन्य घाईतेहरुमा मन्थली नगरपालिका ६ का बिमला गोले उनकी ११ र ५ बर्षिय छोरीहरु ओजस्वी र सम्भावी लामा ,मन्थली नगरपालिका ७ कौछिनीका ७० बर्षिय भक्त बहादुर लामा सोही स्थानका ४४ बर्षिय बेद बहादुर बुढाथोकी ,६० बर्षिय मनमाँया तामाङ,४७ बर्षिय दुर्गामाँया खड्का रहेका छन् ।

त्यस्तै २५ बर्षका कमल गोले बर्ष ३४ का हरी बहादुर थोकर सहित गोकुलगंगा गाउँपालिका ५ रस्नालुका बर्ष २७ का निस्मा मग्राती र उनकी तिन बर्षिय छोरी निनिमा मग्राती घाईते भएका छन् । घाईतेहरुको मन्थली सामुदायीक अस्पताल र रामेछाप समुदायीक अस्पतालमा उपचार भैरहेको छ ।

दुर्घटनाका गम्भिर घाईते मन्थली नगरपालिका ६ का बिमला गोले उनकी ११ र ५ बर्षिय छोरीहरु ओजस्वी र सम्भावी लामालाई एम्बुलेन्समार्फत थप उपचारका लागी काठमाण्डौ पठाईएको छ । बोलेरो गुम्तीबाट करिब १ सय ५० मिटर तल खसेको प्रहरीको अनुमान छ ।

ब्रेक फेल भएर दुर्घटनमा परेको अनुमान गरिएपनि घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!