ओखलढुंगा – बुद्धिकुमार बायुङ राईद्वरा लिखित पुस्तक ‘किरात बायुङ राई तुम्लोयालो’ प्रकाशित भएको छ । किरात समुदाय अन्तर्गत बायुङ राईहरुको मुन्दुम सम्बन्धि उक्त पुस्तकको विमोचन शनिबार सिद्धिचरण नगरपालिकाको हलमा गरिएको हो ।
किरात बायुङ राई सुम्निखिमको आयोजनामा भएको कार्यक्रममा राष्ट्रियगानका सर्जक प्रदिपकुमार राई ९व्याकुल माइला०ले पुस्तकको विमोचन गरे । सिद्धिचरण नगरपालिका ११ निवासी बुद्धिकुमार बायुङ राई पुस्तकका लेखक तथा प्रकाशक दुवै हुन् । ७७ वर्षिय लेखक बायुङ समुदायको न्वाक्सो अर्थात पूजारी समेत हुन् ।
बायुङ समुदायका मुन्दुम विज्ञ राईले पुस्तकमा सृष्टिको कथादेखि जन्म मृत्यु सम्मका बायुङ समुदायको संस्कारमा प्रयोग हुने मुन्दुमहरुको शब्दावली बायुङ र नेपाली दुवै भाषामा लेखेका छन् । पुस्तकमा मानव सृष्टिका कथा मिथकहरु, कर्मकाण्डहरु, प्रकृति पूजा, पितृ पूजा जस्ता मुन्दुमी विषय समेटिएको छ ।
बुद्धिकुमारको यसअघि २०६९ सालमा ‘किरात बाहिङ ९बायुङ० तुम्लो’ पुस्तक प्रकाशित भईसकेको छ । चारसय ४७ पृष्ठ रहेका ‘किरात बायुङ राई तुम्लोयालो’ पुस्तकको मूल्य पा“च सय ५० रहेको छ ।
किरात राई यायोक्खा ओखलढुंगाका संस्थापक अध्यक्ष समेत रहेका लेखक बुद्धिकुमार बायुङ राई अवकाशप्राप्त भारतीय सेना हुन् ।