ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिकाका अध्यक्ष कमल तामाङ नेलसन मण्डेला लिडरशिप अवार्ड २०२३ बाट सम्मानित भएका छन् । गाउँपालिका अध्यक्ष तामाङलाई सेप्टेम्बर २७ अर्थात असोज १० गते लण्डनमा आयोजित एक कार्यक्रममा सम्मानित गरिएको हो ।
अवार्डका लागि नेपालमा रहेका स्थानीय तह मध्येबाट ओखलढुङ्गाको सुनकोशी गाउँपालिकाका अध्यक्ष तामाङ पहिलो नम्बरमा छनौटमा परेका हुन् । वैदेशिक रोजगार संघका पूर्व अध्यक्ष समेत रहेका तामाङ दैवी प्रकोप तथा विपत व्यवस्थापन, विदेशमा अलपत्र परेका नागरिकको उद्धार, कोभिड महामारीको समयमा घरघरमा पुगेर राहत वितरण कार्यमा सक्रिय रहेकाले उक्त संस्थाको रोजाइमा परेका हुन् ।
एनआरआई वेलफर सोसाइटी अफ इन्डिया नामक संस्थाले हिजो ९बुधबार० असोज १० अर्थात सेप्टेम्बर २७ मा द ग्लोबल पिस सम्मिट इन युनिभर्सिटी अफ अक्सर्फोड इङल्याण्डमा आयोजना गरेको कार्यक्रममा सम्मानित गरेको हो ।
गाउँपालिकामा अध्यक्ष पदमा निर्वाचित हुनुभन्दा अगाडी र अध्यक्ष भएपश्चात पनि नागरिकको मन जित्न सफल अध्यक्ष अवार्ड प्रदान गरिने कार्यक्रममा सहभागी हुन केहिदिन अगाडी मात्र लण्डन गएका थिए ।