• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । र्‍‍यापमार्फत नगरप्रमुखलाई प्रश्न सोध्ने बिगुटारका १२ बर्षिय निमाराप्चेन शेर्पालाई सद्धिचरण नगरपालिका प्रमुख तेजेन्द्र खनालले नगद सहित सम्मान गरेको छ । बुधबार नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर शेर्पालाई नगद रु तिन हजार सहित सम्मान गरेको हो ।

केही समय अघि कृषकको गुनासो र नगरपालिकाको जनप्रतिनिधिबाट लिएको आशा सहितको र्‍‍याप भिडियो उनको समाजीक सञ्जालमा भाईरल भएको थियो । सिद्धिचरण नगरपालिका ७ बिगुटार स्थित बिगुटारमा माबिमा कक्षा ७ मा पढ्ने शेर्पाले र्‍‍याप गीत मार्फत नगरपालिकाको हटिया क्षेत्रमा कृषकहरुले कहिले सहज रुपमा तरकारी बेच्ने पाउने भन्दै नगरप्रमुख तेजेन्द्र खनाललाई प्रश्न गरेका थिए ।

उनले नगरपालिकाका जनप्रतिनिधि र कृषकको गुनासो सहित गाएको र्‍‍याप गीत समाजिक सञ्जालमा निकै भईरल भएको थियो । सोही स्थानका वडा सदस्य फुलछोकी शेर्पाले उनले गाएको गीतको भिडियो बनाएर समाजिक सञ्जाललमा पोष्ट गरेपछि उनी एकाएक भाईरल बनेका थिए ।

कक्षा ७ मा अध्यनरत शेर्पाले त्यसपछि फेरी अर्काे  र्‍‍याप गीत गाएको भिडियो पनि समाजिक सञ्जाललमा देखिएको छ । १२ बर्षिय शेर्पाले गाएको गीत गीत मात्र नभए वास्तविक किसानको गुनासो पनि रहेको वडा सदस्य फुलछोकी शेर्पाको भनाई छ । 

र्‍‍याप गयक शेर्पालाई केही समय अघि वडाले पनि सम्मान गरेको थियो ।

उनको र्‍‍याप भिडियो हेर्न याहाँ क्लिक गर्नुहोस् ।

https://www.facebook.com/100083251854176/videos/281683561363145

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!