• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । आजबाट ब्याकुल माइला गोल्डकप फुटबल प्रतियोगिता २०८० को सेमिफाईनल खेलहरु सञ्चलान हुदैछन् । विहिबार छैठौं दिनको खेल सकिदा क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै आज शुक्रबारबाट सेमिफाईनलका खेलहरु सञ्चालन हुन लागेको हो ।

विहिबार सम्पन्न भएको क्वाटरफाइनल खेलमा हलेसी तुवाचुङ नगरपालिका वडा नं. १ खोटाङले जनजागरण युवा क्लब जाक्मा खोटाङलाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ । उता दुधकौशीका आधारभूत विद्यालय सोक्माटारले जिल्ला प्रहरी कार्यालय ओखलढुंगालाई २–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ ।

त्यस्तै रिभोरुङ युवा क्लब बी माथिल्लो रिचुवाले मितेरी युवा क्लब हिलेपानी ए लाई १–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ भने मितेरी युवा क्लब हिलेपानी बी ले ३–० गोल अन्तरले नव सगरमाथा युवाक्लब हिलेपानीलाई पराजित गर्दै सेमिफाइनलमा प्रबेश गरेको छ ।

प्रतियोगिताको सातौं दिन शुक्रबार सेमिफाइनलका दुई खेल सञ्चालन हुने आयोजकले जनाएको छ । शुक्रबार सेमिफाइनलको पहिलो खेल हलेसी तुवाचुङ नगरपालिका वडा नं। १ खोटाङ भर्सेस मितेरी युवा क्लब हिलेपानी बी र दोस्रो सेमिफाइनल खेल दुधकौशीका आधारभूत विद्यालय सोक्माटार भर्सेस रिभोरुङ युवा क्लब बी माथिल्लो रिचुवा बिच हुने आयोजकले जनाएको छ ।

‘खेलकुदको माध्यमबाट विकासको अभियान’ भन्ने नारासहित एकहप्ता देखी जारी प्रतियोगिता आगामी १८ गतेसम्म खेल हुने आयोजकले जनाएको छ । दूधकोशी किनारमा रहेको बालेआम खेलमैदान सोक्माटारमा जारी नवौँ संस्करणको खेल अन्तर्गत १८ गते शनिबार फाइनल खेल सञ्चालन हुने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!