• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नम्बर ११ ले आफ्नै नव निर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको छ । सिद्धिचरण नगरपालिका ११ स्थित जाल्पामा हालै निर्माण सम्पन्न भएको नयाँ भवनबाट सेवा प्रवाह सुरु भएको हो ।

झन्डै ६२ लाख रुपैयाँको लागतमा निर्माण सकिएको १ तले भवनको आज (बुधबार) सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले उद्घाटन गरे । उद्घाटन कार्यक्रममलाई सम्बोधन गर्दै उनले नयाँ भवनबाट सेवा प्रवाह थप सहज हुने अपेक्षा ब्यक्त गरे ।

उनले भवनमा बाँकी घेराबार, पर्खाल निर्माण, आवश्यक फर्निचर ब्यवस्थापनमा नगरपालिकाले सहयोग गर्ने समेत बताए । कार्यक्रममै सिनपा ११ का वडा अध्यक्ष विनोदकुमार ताम्राकारले यस अघि साँघुरो एउटा कोठाबाट सेवा दिँईदै आईएकोमा नयाँ भवनबाट सेवा प्रवाह गर्न निकै सहज र सरल हुने बताए ।

भवन निर्माणमा सहयोग गर्ने सरोकारवाला निकायलाई समेत धन्यवाद ज्ञापन गर्दै उनले नागरिकको सेवामा आफु र वडा कार्यलय थप शसक्त भएर लागिपर्ने बताए । सिनपा ११ का वडा सचिव चुडामणी दाहालले सञ्चालन गरेको कार्यक्रममा सिनपाका उपमेयर केदारबाबु बस्नेत, प्रमुख प्रशासकिय अधिकृत बलराम लम्साल लगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!