ओखलढुंगा । सहकारी ठगी कसुरमा थप १ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा श्रीककनी गौरी बन कृषि सहकारी संस्था लिमिटेड ओखलढुंगाका कोषाध्यक्ष ४८ बर्षका नेत्रबहादुर नेम्वाङ रहेका छन ।
पाँचथर जिल्लाको साबिक ईङबुङ गा.वि.स.-१ स्थाई घर भईका उनि हाल ओखलढुंगाको सिद्धिचरण न.पा. वडा नम्बर १२ भैरबटोलमा लामो समय देखि ब्यबसाय गर्दै आएका थिए । उनलाइ शुक्रबार साझ ६ बजेतिर जि.प्र.का. ओखलढुंगाबाट खटिएको प्रहरी टोलिले सिद्धिचरण नगरपालीका वडा नं.-६ जन्तरखानीबाट नियन्त्रणमा लिएको हो।
सहकारी ठगी सम्बन्धि कसुर मुद्वामा संलग्न रहेका २ जना फरार प्रतिवादी यस अघि नै पक्राउ परिसकेका छन । गत मङ्सिर १५ गते बचतकर्ताहरुले वादी नेपाल सरकार प्रतिवादी बिनोद सुनुवार समेत भएको सहकारी ठगी सम्बन्धि कसुर मुद्वा सम्बन्धी जाहेरी दिएका थिए ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा मुद्दा दर्ता भएकोमा उक्त कसुरमा संलग्न रही वारदात पश्चात फरार रहेकामा अध्यक्ष बिनोद सुनुवाइ र उपाध्यक्ष बदम बहादुर खत्री गत बुधबार नै पक्राउ परिसकेका छन ।
पक्राउ परेका उनिहरुलाइ थुनामा राखी अनुसंधान जारी राखिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।