• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

फागुन १० । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं १ मोलीमा रहेको बासलबोट सामुदायीक वनमा भिषण आगलागी भएको छ । शोमबार दिउसो देखी सामुदायीक वनमा लागेको आगो चारदिन भैसक्दा पनि नियन्त्रणमा आउन नसकेको हो ।

भिषण आगलागीका कारण बासलबोट सामुदायीक वनको सयौं हेक्टर जमिनमा भएको दाउरा, घाँस तथा साना विरुवाहरु जलेर नष्ट भएका छन् । गत शोमबार देखी मानेभञ्ज्याङ्ग गाउँपालिकाको वडा नं १ मोली र सिद्धिचरण नगरपालिका वडा नं। २ ठूलाछापको सिमाना वानियाछापको सिरानबाट आगलागी सुरुभएको मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं। १ का वडा अध्यक्ष राजकुमार रुम्दालीले जानकारी दिए ।

निरन्तर दुई दिन सामुदायीक वनमा आगलागी हुदै वस्तीमा आगो पस्नलागेपछि जिल्ला प्रहरी कार्यालयको प्रहरी टिम र स्थानीयवासीको सहयोगमा बुधबार दिउँसो नियन्त्रणमा लिइएको थियो । तर बुधबार राती आएको हावाहुरीका कारण जंगलमा बाँकी रहेको आगोको कोईलाबाट आगो सल्किर पुन जंगलमा आगलागी भएको छ । आगो बस्तीमा पस्ने जोखिम भएपछि आगो नियन्त्रणका लागि सिद्धिचरण नगरपालिका वडा नं. २ का माथिल्लो भेगका नागरिकहरु रातभर नसुती आगो नियन्त्रणमा लागिपरेपनि आगो निभाउन नसकिएको स्थानीयले बताएका छन् ।

बुधबार आगोलाई नियन्त्रणमा लिईएको भएपनि आधारातबाट आगो पुन सल्किएर आगलागी सुरुभएको जानकारी आएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक दिपक केसीले जानकारी दिए । आगो पुन फैलिएपछि आगलागी क्षेत्रमा प्रहरीको टोली पुगिसकेको छ । स्थानीय र प्रहरीको संयुक्त प्रयासमा आगलागी नियन्त्रणको लागि प्रयास भैरहेको प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक केसीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!