ओखलढुंगा। नेपालका बिभिन्न स्थानमा सरकारी तवरबाट स्थानीय स्तरमै उत्पादन हुने गरेका मदिराजन्य पदार्थ बिक्रि बिवतरणलाई रोक लगाउन भन्दै त्यस्ता मदिराजन्य पदार्थलाई नष्ट गर्ने गरिएको छ । त्यस्ता मदिराजन्य पदार्थ मुल्यको हिसावले पनि सस्तो पर्ने र तल्ला तहका नागरिकको समेत सहजै पहुँच पुग्ने भएकाले यसले बिकृती निम्त्याएको भन्दै यसको नष्ट गर्ने गरिएको छ ।
तर यता ओखलढुंगाको जिल्ला एउटा गाउँपालिकाले खिजिदेम्बा गाउँपालिकाले भने आयातित मदिराजन्य पदार्थलाई पुर्ण रुपमा रोक लगाई स्थानीय स्तरमा उत्पादन हुने मदिराई प्रोत्साहान गर्ने भएको छ । बियर,हुस्की,वाईन लागायत प्लाष्टिकजन्य बोटलमा पाईने डिउ,कोक फ्यान्टा लायायतका पिय पदार्थलाई आगमी नयाँ बर्ष अर्थात २०८१ साल बैशाख १ गतेबाट पुर्ण रुपमा रोक लगाउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष गोम्बु शेर्पाले भिडियो सन्देशमार्फत जानकारी गराएका छन् ।
नयाँ बर्ष लाग्न अझै दुई महिना बाकीँ छदै पालिकाले भिडियो सुचना जारी गरेरै आफुसंग स्टकमा रहेका त्यस्ता आयातित मदिराजन्य पदार्थ छिटो सक्न र अबका दिनबाट त्यस्ता पिय पदार्थ तथा मदिराजन्य पदार्थ बिक्रि बितरण नगर्न भनेको छ ।
९ वटा वडा रहेको खिजिदेम्बा गाउँपालिले पालिकाका नागरिकको स्वास्थ्य तथा पर्यटन र अर्थतन्त्रको बिकाशका लागी भनेर त्यस्ता किसीमका आयातित मदिरा तथा पेय पदार्थलाई पुर्ण रुपमा रोक लगाउदै घरेलु उत्पादनलाई जोड दिने निर्णय गरेको हो ।