• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सिद्धिचरण नगरपालिकाले आगामी फागुन २९ गते देखि दादुरा रुबेला खोप अभियान सञ्चालन गर्ने भएको छ । देशव्यापी अभियानअन्तर्गत सिद्धीचरन नगरपालिकामा पनि चैत्र ४ गते सम्म उक्त अभियान संचालन हुन लागेको हो ।

अभियान सम्बन्धी आज (शुक्रबार) सिद्धिचरण नगरपालिकाको सभाहलमा भएको पालिका स्तरीय अभिमुखिकरण कार्यक्रममा नगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य अधिकृत आइतबहादुर राइले पालिका भरी २ हजार ५८ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको जानकारी दिए ।

जसका लागि पालिकाका १२ वटा वडाका वभिन्न बिद्यालय, स्वास्थ संस्था र स्वास्थ्य चौकी गरी जम्मा ५३ वटा खोप केन्द्र निर्धारण गरिएको पनि उनले उल्लेख गरे । त्यस्तै अभियानका लागि १ सय ६ जना भन्दा बढी स्वास्थ्यकर्मी र स्वयंसेवक परिचालन गरिने उनले जानकारी दिए ।

९ महिना देखि ५ बर्ष मुनिका बालबालिकालाई खोप लगाइने उक्त अभियान सफल बनाउन पालिका स्थित सबै जिम्मेवार निकायलाइ आबश्यक समन्वय गर्न सिनपा स्वास्थ्य शाखाका प्रमुख पवन लामाले अनुरोध गरे । अभियान सुरु गर्नु अघि प्रत्येक वडाको वडा स्तरीय खोप समन्वय समितीको बैठक बसि थप छलफल गरिने उनले उल्लेख गरे ।

सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतको अध्यक्षतामा भएको अभिमुखीकरण  कार्यक्रममा दादुरा रोगको परिचय, राष्ट्रिय खोप केन्द्रको मुख्य जिम्मेवारी, खोप कार्यक्रमको चुनौती तथा उपलब्धी, खोप समन्वय समितीको भुमीका आदि बारे जानकारी गराइएको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!