• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । पानी सङै परेको चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको खिजिदेम्बा गाउँपालिका वार्ड नं.-४ लोसा बस्ने अन्दाजी ३८ बर्षका बमन बहादुर तामाङ रहेका छन ।

बिहीवार राती झन्डै ७:३० बजेको समयमा घरमा बसिरहेको अवस्थामा बर्षासंगै परेको चट्याङ लागी उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी पाएपछी प्रहरी चौकी रावादोलु बाट  प्रहरी टोली खटिगई घटना स्थल सुरक्षित राखेको थियो ।

आज थप अनुसंधानको लागि इलाका प्रहरी कार्यालय खिंजिफंलाटेबाट प्रहरी निरीक्षक सहितको टोलि घट्नास्थल तर्फ प्रस्थान गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!