• २०८१, ४ मंसिर मंगलवार
0 COMMENTS

ओखलढुंगा । आज विश्व वातावरण दिवश ‘हाम्रो भूमि, हाम्रो भविष्य’भन्ने नाराका साथ ओखलढुंगामा पनि विविध कार्यक्रम गरी दिवश मनाईएको छ । दिवशको अवशरमा आज सदरमुकाम स्थित लालीगुराँस अग्रेजी विद्यालय परिसरमा वृक्षरोपन गरिएको छ ।

डिभिजन वन कार्यालय, भू–तथा जलाधार व्यवस्थापन कार्यालय र सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला कार्य समिती ओखलढुंगाको सयुक्त आयोजनामा वृक्षरोपन कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा जिल्ला स्थित विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुले सल्ला, धुपी लगायतका विरुवाहरु रोेपेका थिए ।

जिल्ला समन्वय समिती ओखलढुंगाकी उप–प्रमुख तारा कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सहभागी वक्ताहरुले बृक्षरोपण गरेपछि यसको संरक्षणमा पनि ध्यान दिनुपर्ने बताएका थिए । विभिन्न अवशरमा यस्ता वृक्षरोपनका कार्यक्रमहरु हुने गरेको भएपनि बृक्षरोपन पश्चात त्यसको रेखदेखमा चासो नदिने गरिएकाले अबका दिनमा यस्ता कुरालाई पनि ख्याल गरिनुपर्ने उनिहरुको भनाई थियो ।

संयुक्त राष्ट्रसंघले १९७२ को जुन १६ मा विश्व वातावरण सम्मेलनको आयोजना गरेको थियो । सो सम्मेलनमा वातावरण संरक्षणका लागि विश्वभर राजनीतिक र सामाजिक जनचेतना जगाउनुपर्ने विषय उठेको थियो ।

त्यसैअनुशार सम्मेलनको दोस्रो वर्ष अर्थात १९७३ जुन ५ मा विश्वमा पहिलो पटक विश्व वातावरण दिवशलाई अन्तराष्ट्रिय दिवशका रुपमा मनाउन थालिएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!