• २०८२, १९ चैत्र बिहीबार
0 COMMENTS

ओखलढुंगा । प्रथम तालेपोखरी कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी चिसङ्खुगढी १ कुइभिरको समुहले जितेको छ । आफ्नो प्रतिष्पर्धी रावाबेशी गाउँपालिका ४ डुम्रे धारापानी खोटाङको समुहलाइ हराउँदै कुइभिरले उपाधी हात पारेको हो ।

ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका ६ भदौरे स्थित तालेपोखरीमा आयोजित प्रतियोगितामा ओखलढुंगा र खोटाङका गरि जम्मा १६ टिमले भाग लिएका थिए । ६ नम्बर वडा कार्यालयको आयोजनामा गत माघ १६ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा रावाबेशी ४ खोटाङले द्वितीय स्थान हासिल गर्यो ।

यता ओखलढुंगाकै मानेभञ्ज्याङ गाउँपालिका ४ पङ्खु तृतिय र चिसङ्खुगढी गाउँपालिका ३ दियालेको समुहले सान्त्वना स्थान ओगट्न सफल भएको छ ।

प्रतियोगितामा बिजेता समुहलाइ कप, मेडल र प्रमाणपत्र सहित क्रमश नगद रु १ लाख १, ७५ हजार १, ५० हजार १ र २५ हजार १ प्रदान गरिएको छ । त्यस्तै प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका खेलाडीलाई नगद रु ५ हजार ५ सय ५५ प्रदान गरिएको छ ।

उत्कृष्ट ओपन स्पाइक, उत्कृष्ट क्विक स्पाइक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर,उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, अनुशाशित खेलाडी र नव उदयमान खेलाडीलाई पनि प्रतिब्यक्ती नगद रु ३ हजार ३३३ प्रदान गरिएको आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!