• २०८१, १० फाल्गुन शनिबार
0 COMMENTS

ओखलढुंगा । बिधुत सट् भएर घरमा आगलागी हुँदा २२ लाख बराबरको क्षती भएको छ । जिल्लाको चिसङ्खुगढी गाउँपालिका १ कुइभिरका बिरबहादुर अधिकारीको ३ तले कच्ची घरमा आगलागी भएको हो ।

आज (शुक्रबार) बिहान करिब ११ बजेतिर आगलागी भएको थियो । घटनाको जानकारी पाएपछी प्रहरी चौकी खानिभन्ज्याङबाट खटिएको प्रहरी टोली र स्थानीयले आगो नियन्त्रणमामा लिने प्रयास गरेका थिए ।

आगलागीबाट सुनचाँदीका गहना, नगद, लत्ताकपडा, अन्नपात, भाडावर्तन जलेर नष्ट हुँदा झण्डै २२ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ । आगोलागी भएको घरबाट पग्लिएको अवस्थामा केही सुनको गहना समेत फेला परेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

तस्वीर : साङ्केतिक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!