ओखलढुंगा । सुमोको पछाडी झुन्डिएर यात्रा गरिरहेका एक बालक लडेर घाइते भएका छन । जिल्लाको मानेभञ्ज्याङ गाउँपालिका ५ का १३ वर्षिय बालक सबिन सार्की घाइते भएका हुन ।
आज (मंगलबार) करिब ५:१५ बजेतिर मानेभञ्ज्याङ गाउँपालिका ५ को जेरुङडाँडा स्थित सिद्धिचरण लोकमार्गमा बिधालयबाट घर जानको लागि उनि ओखलढुंगाबाट हिलेपानी तर्फ जाँदै गरेको नंम्बर नखुलेको सेतो सुमोको पछाडी झुण्डिएर यात्रा गर्दै थिए ।
सोही क्रममा गाडिबाट लडेर बालक घाइते भएको प्रहरीले जनाएको छ । सवारी साधन भागि फरार रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक बिजय कार्कीले जानकारी दिए । दुर्घटना बारे प्रहरी चौकी मानेभञ्जयाङमा जानकारी हुना साथ प्रहरी चौकी मानेभञ्जयाङबाट खटिएको प्रहरी टोलिले घाइतेको उद्वार गरि उपचारको लागि सामुदायिक अस्पताल सोब्रु पठाएको छ ।
घाइते बालकको टाउकोमा चोट लागेको र अवस्था तत्काल मध्यम साथै फरार सवारी साधनको खोजी कार्य भईरहेको प्रहरी निरीक्षक कार्कीले जानकारी दिए ।