• २०८२, २३ असार सोमबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको एकमात्र नगरपालिका सिद्धिचरण नगरपालिकाले ७२ करोडभन्दा बढीको बजेट ल्याएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ का लागि आज (मंगलबार) सम्पन्न नगरसभा १६ औँ अधिवेशनले ७२ करोड ६५ लाख १३ हजार ९ सय रुपैयाँको अनुमानित बजेट ल्याएको हो ।

नगरसभामा सिद्धिचरण नगरपालिकाका उप-मेयर केदारबाबु बस्नेतले आर्थिक वर्ष २०८२/८३ का लागि बजेट बक्तब्य प्रस्तुत गरे । बजेट बक्तब्य प्रस्तुत गर्दै उनले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमहरु कार्यान्वयन गर्न नगरपालिकाले आगामी आर्थिक वर्षमा २ करोड रुपैयाँ आन्तरिक आय अनुमान गरेको बताए ।

त्यस्तै मालपोत कार्यालयबाट घरजग्गा रजिष्ट्रेसन दस्तुर बाँडफाँडबाट ५० लाख, राजस्व बाँडफाँड संघिय सरकार ९ करोड ६० लाख ९१ हजार ४०१ रुपैयाँ, सवारी साधन कर बाँडफाँड प्रदेश सरकार ८५ लाख ५० हजार अनुमान गरिएको छ । त्यस्तै संघिय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ७० लाख, समपुरक अनुदान १ करोड १ लाख, विशेष अनुदान २ करोड ८२ लाख, शसर्त अनुदान चालु तर्फ ३४ करोड ५९ लाख र पुँजीगत तर्फ ५ करोड ४५ लाख रहेको छ ।

त्यसैगरी प्रदेश सरकारबाट वित्तीय समानिकरण ९७ लाख ९४ हजार, समपुरक अनुदान १ करोड, सशर्त अनुदान चालु तर्फ ४४ लाख १८ हजार, सर्शत अनुदान पुँजीगत ४२ लाख ९ हजार र बाँकी अपुग रकम आर्थिक वर्ष २०८१/०८२ बाट बैंक मौज्दात अल्या रु २ करोड २७ लाख ५१ हजार ५ सय रुपैयाँ अनुमान गरिएको छ ।

सिद्धिचरण नगरपालिकाका मेयर तेजन खनाल (तेजेन्द्र) ले आजको नगरसभामा चालू आर्थिक वर्षको बजेटको समीक्षा साथै आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र आयव्यय विवरण प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!