ओखलढुंगा । अचानक बिग्रीएर बिच सडकमै थन्किएको बस पछाडीबाट धकेल्दा दुर्घटना भएको छ । दुर्घटनामा बसका चालक दोलखाको तामाकोशी गाउँपालिका -६ का २४ वर्षिय सरोज फुयाल घाइते भएका छन ।
जिल्लाको चिसंखुगढी गाउँपालिका–२ र ३ को सिमानामा पर्ने कर्कले पानीस्थित खानिभञ्ज्याङ–ओखलढुंगा भित्री सडक खण्डमा आज (बुधबार) दिउँसो बा ५ ख ९५०५ नम्बरको उक्त बस दुर्घटनामा परेको हो । आज बिहान करिब ७ बजे उक्त बस बिग्रिएर स्टार्ट नभएपछि दिउँसो साढे २ बजे बसका चालकले अन्य मानिसहरूलाई पछाडिबाट धकेल्न लगाएका थिए ।
सोही क्रममा बसको स्टेरिङ लक भई स्टेरिङ नकाटिएर अनियन्त्रित भई सडकबाट करिब १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते चालकको ढाडमा चोट लागेको र उनको उद्वार गरि उपचारका लागि सामुदायिक अस्पताल सोब्रु पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।