• २०८३, १० बैशाख बिहीबार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको लिखु गाउँपालिका–३ नर्मदेश्वरस्थित सतलुङमा पोखरीमा डुबेर ११ वर्षीय बालकको मृत्यु भएको छ। मृतक रामेछाप जिल्लाको रामेछाप नगरपालिका–२ देउराली घर भई विगत सात वर्षदेखि मावलीघरमा बस्दै आएका हिमाल बसेल हुन्।

उनी मावली हजुरबुवा टेकबहादुर मिजारको घरमा बस्दै आएका थिए। असार १३ गते (शुक्रबार) अपराह्न करिब ३:३० बजे घरबाट खेल्न निस्किएका बालक बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजतलास सुरु गरेका थिए। सोही क्रममा घरदेखि करिब २०० मिटर पूर्वतर्फ रहेको सिँचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेको अवस्थामा उनी फेला परेको प्रहरीले जनाएको छ। साँझ ७:०० बजे मृत अवस्थामा फेला परेका बालकको घटनाबारे साँझ ७:२० बजे प्रहरीलाई जानकारी प्राप्त भएको थियो।

घटनाको जानकारी पाएपछि प्रहरी चौकी यसमबाट टोली खटी घटनास्थल सुरक्षित गरिएको र थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाउन आज (शनिबार) इलाका प्रहरी कार्यालय बरुणेश्वरबाट प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

साङ्केतिक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!