• २०८२, २२ असार आईतवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको सुनकोशी गाउँपालिका–१० स्थित भुजेल गाउँमा आज (मंगलबार) बिहान करिब ११:५० बजे एक घरमा आगलागी भएको छ। स्थानीय पुष्प बहादुर भुजेलको ढुंगा, माटोको गारो र जस्ताको छानोले बनेको एकतले घरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

घटना बारे जानकारी प्राप्त भएपछी कोषाहाट प्रहरी चौकीबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा दिउँसो १:१० बजेसम्ममा आगो नियन्त्रणमा लिएको थियो। आगलागीका कारण घर आंशिक रूपमा क्षतिग्रस्त भएको छ भने घरभित्र रहेको अन्नपात, लत्ताकपडा, भाँडाकुँडा जलेर नष्ट हुँदा करिब रु. १ लाख ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

आगलागीबाट मानवीय तथा चौपाया क्षति भने नभएको प्रहरीले जनाएको छ ।

तस्वीर सौजन्य : जिल्ला प्रहरी कार्यालय ओखलढुंगा 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!