• २०८३, २४ जेष्ठ आईतवार
0 COMMENTS

ओखलढुंगा । जिल्लाको मोलुङ गाउँपालिका–६ मंसिरे निवासी करिब ४२ वर्षीय कर्ण बहादुर तामाङ मृत अवस्थामा फेला परेका छन्। उनी हिजो करिब ८:०० बजेतिर घरबाट कसैलाई नभनी बाहिर निस्किएका थिए । अबेरसम्म घर नफर्किए पछि आफन्तजन र स्थानीयवासीहरूले खोजी कार्य अघि बढाएका थिए ।

सोहि क्रममा आज (सोमबार) करिब ८:०० बजे मोलुङ गाउँपालिका–६ को थतर्के जंगल क्षेत्रमा खस्रुको रुखको झण्डै १०–१२ फिट माथि हाँगामा अड्किएको अवस्थामा तामाङको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाको जानकारी पाएपछी प्रहरी चौकी श्रीचौरबाट प्रहरी टोली खटिएको थियो। घटनास्थलमा थप अनुसन्धान गर्दा शवको सिधा तल रुखको फेदमा एक थान भरुवा बन्दुक समेत फेला परेको छ।

घटनाको बारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप प्रहरी टोली परिचालन गरिएको छ। हाल घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया तथा घटनाको अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

साङ्केतिक तस्वीर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!