• २०८२, १ श्रावण बिहीबार
0 COMMENTS

ओखलढुंगा । मोटरसाइकलको ठक्करबाट एक बालिका घाइते भएकी छन । बुधबार साँझ करिब ७:५३ बजे सिद्धिचरण नगरपालिका–११, मिलनचोकमा मोटरसाइकलको ठक्करबाट ती बालिका घाइते भएकी हुन । रमाइलोडाँडाबाट केत्तुकेतर्फ जाँदै गरेको मोटरसाइकलले सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका–४, काँकु घर भइ हाल मिलनचोक बस्दै आएकी टेकराज राईकी ४ वर्षिया छोरी रियासा राईलाई ठक्कर दिँदै चालक फरार भएको थियो।

दुर्घटनापछि अस्थाइ प्रहरी पोष्ट मिलनचोकबाट खटिएको प्रहरी टोलीले बालिकालाई उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गा पठाएको हो। ती बालिकाको टाउको, कम्मर र घुँडामा चोट लागेको बताइएको छ।

घटनापछि जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख, प्रहरी नायब उपरीक्षक मदन के.सी.को कमाण्डमा खटिएको २० जनाको टोलीले फरार मोटरसाइकल र चालकको खोजी सुरु गरेको थियो । सोही क्रममा राति ११:१५ बजे सिद्धिचरण नगरपालिका–३ अँधेरीबाट दुर्घटना पश्चात् फरार बा ८३ प ८४८१ नम्बरको मोटरसाइकल र चिसङ्खुगढी गाउँपालिका ७ का २१ वर्षिय चालक सबिन राईलाई नियन्त्रणमा लिएको छ ।

हाल घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए।

साङ्केतिक तस्बिर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!