ओखलढुंगा । मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाइ थप उपचारका लागि काठमाण्डौ लगिएको छ । हिजो (बुधबार) साझ करिब ७:५३ बजेतिर रमाइलोडाँडाबाट केत्तुकेतर्फ जाँदै गरेको मोटरसाइकले मिलनचोकमा ४ बर्षिया बालिका रियासा राइलाइ ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएकी बालिकालाई हिजो नै उपचारको लागि सामुदायिक अस्पताल लगिएको थियो ।
आज बिहान थप उपचारको लागि हेलिकप्टर मार्फत उनलाइ केएमसी अस्पताल काठमाडौ लगिएको प्रहरीले जनाएको छ । अस्पताल श्रोतका अनुसार बालिकाको अवस्था सामान्य नै भएपनि बालिकाको आफन्तको अनुरोधमा काठ्माण्डौ रेफर गरिएको हो । घाइते भएकी बालिकाको टाउको, कम्मर र घुँडामा चोट लागेको छ ।
ठक्कर दिने मोटरसाइकल र चालकलाइ नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।
तस्बिर श्रोत : सामाजिक संजाल