• २०८३, ९ बैशाख बुधबार
0 COMMENTS

ओखलढुंगा । ज्यान सम्बन्धी कसुरमा फरार रहेका प्रतिवादी राजन राईलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले आज (बुधबार) जारी गरेको प्रेस विज्ञप्ति अनुसार आज नै अस्थायी प्रहरी बिट मिलनचोकबाट खटिएको प्रहरी टोलीले राईलाई पक्राउ गरेको हो।

जिल्ला अदालत ओखलढुंगाले २०८१ असोज १ गते गरेको फैसला अनुसार उनलाई ५ महिना ३ दिन कैद सजाय तोकिएको थियो। पक्राउ परेका राईलाई जिल्ला अदालत ओखलढुंगामा पेस गरी कैद भुक्तानीका लागि कारागार पठाइएको प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।

error: Content is protected !!